Friday, February 15, 2019

यो नसोच्नु तिमीले मलाइ भुली दिन्छु भनेर, मुटु बिनाको जिन्दगी कहा सम्भब छ र ..... BULBUL @ ACHYUT GHIMIRE




मेरो माया तिम्ले अचेल, मारेर पो के हुन्छ र !
दिल्को बाटो काँडे तारले, बारेर पो के हुन्छ र !!


मुटु भित्र छुरा चलाई, नचिने झैँ गरि तिम्ले
मनै मारी सधै बसाइँ, सारेर पो के हुन्छ र !!

जहाँ देखे ढुङ्गा अबिर, तिम्रै लागि पुज्ने गर्छु !
दुनियाँको नजर बाट, झारेर पो के हुन्छ र !!

तिम्रै खुशी मागी रहन्छु, उठे पनि बस्ति मेरै
जिताएर सधै तिम्लाई, हारेर पो के हुन्छ र !!

खुशी हुनु सधै तिमी, आँशुमा म डुबे पनि
सधैलाई एक्लो मलाई, पारेर पो के हुन्छ र !!



जिन्दगीका हजारौ गोरेटोहरुमा हात र साथ पाएर होला ! कुनै दुख र पिडाहरु कहिल्यै महसुस गरिन। किन कि त्यहा तिम्रो अभाब थिएन। जिन्दगीमा खेल सबैले खेल्नु पर्छ। तर कसैको जिन्दगी र भाबना सँग कहिल्यै नखेल्नु। तेस्तै खेल आफ्नो जिबनमा फर्कियो भने, खेल - खेले जतिको सजिलो हुदैन। माया त हिजो पनि गरेकै हो। आज पनि गर्छु र भोली पनि गरी रहने छु। तिमी जहा जाउ जे गर, फरक यति हो। चिसो भए पछी तातो पारिएको चिया र पुन: सुधारिएको सम्बन्ध पहिले जस्तो कहिल्यै हुदैन। मान्छे त्यसबेला खराब बन्ने छ। जब मान्छेहरुले त्यसको राम्रो पनको फाईदा उठाएर, लथालिङ्ग छाडी दिन्छ।

हो त्यस्तै भएको छ आज। मेरो पनि त तिम्रो जस्तै मन हो। दुख्छ। दुखेको छ। आशु बगेको छ। भन्छन, मान्छे त्यो कुराबाट सन्तुष्ट हुनु पर्छ। जे उ सित छ। तर त्यो कुराबाट किन कहिल्यै सन्तुष्ट हुदैन। मान्छेहरु शाररिक प्यास मेटाउन जातपात केही हेर्दैनन्। जब उसको घरमा बिहेको कुरा आउछ। जन्म कुण्डली लिएर पण्डितकोमा पुग्छन। जात धर्म खान्दान आदि ईत्यादी मिलाउन। कुनै पनि सम्बन्धमा सबै भन्दा महत्वपुर्ण चिज भनेको उ माथिको बिश्वास र भरोसा हो ! मैले त तिमी माथि आखा चिम्लेर सधै बिस्वास अनि भरोसा गरेको थिए। तर खै ति भरोसा अनि बिश्वास? तिमीले देखाएका बाटोहरु !!! मलाई सोध्न मन छ मन्दिरा......, हिजो के भन्दै मेरो जिबनमा आएकी थियौ ??? तिमी त पढेकी मान्छे, मान्छेको मृत्यु कसरी हुन्छ। यो महत्वपूर्ण होइन। तर मान्छे कसरी बाची रहेको थियों। यो महत्वपूर्ण हुन्छ। जिन्दगी थाहा छैन। कुन चै दिन र रात अन्तिम हुन्छ ! तिमीलाई त थाहा थियो नि मेरो सुरु र अन्त्य तिमी हौ भन्ने ! सायद अब बाकी केही रहेन होला। बिना कारण सबै सम्पर्क बन्द गरी, तिमीले त आफ्नो बारेमा सोचेकी रैछौ। मैले त जता पनि तिमीलाई मात्र देख्थे र सोच्थे ! म आफुलाई भन्दा धेरै माया तिमीलाई गर्थे। त्यो तिमीलाई पनि थाहा छ। ५ बर्षको सम्बन्धलाई पासो लागाएर, पराइको अङ्गालोमा कुन प्रेमीले आफ्नो प्रेमीका देख्न सक्छ ! ? सोच्न पनि सक्दैनन्।

 सुन्छु तिमी त साकुरा फुल्ने ठाउमा रमाउने छौ। जसरी साकुराको आफ्नै सुन्दरता छ। जो कोहि मोहित हुन्छन देखेर। तिम्रो जिबन तेस्तो नहोस्। जति बेला साकुरा पनि मरुभुमी जस्तै उजाड बनेको हुन्छ ! म चाहान्न कैले पनि तिम्रो आखामा आसुका भेल बगोस। यो जिन्दगीको कुनै अर्थ नै रहेन अब । समयले छुटाएको हैन यो मन। स्वार्थले छुटिएको हो। स्वार्थले छुटिएको मन संग मेरो अब कुनै गुनासो छैन। एक पागल प्रेमी, यस्तै छु। यस्तै रहन्छु। तर माया कहिल्यै मार्ने छैन। मर्ने छैन। किन कि तिम्रो नाम खोपको हातको ट्याटु सधै मेरो साथ हुने छ। साथ नभए पनि हातको सिरानीको साथ हुने छ। यस्तै छु म परिबर्तन हुन सक्दिन। सक्छौ भने तिमी आफै परिबर्तन भएर मलाइ माया गरेर देखाउ। यो जिन्दगीलाई पुग्ने माया दिएकी छौ ! साथ दिएकी छौ ! यादहरु दिएकी छौ। तिनै साथ याद र मायामा अल्झिएर बाचुला म। जिन्दगीको सबै इच्छाहरु पुरा भएर बाच्नुमा के मज्जा, जिबन जिउनको लागि एउटा शुन्दर र अविस्मरणीय कारण पनि त चाहिन्छ। तर यो नसोच्नु तिमीले मलाइ भुली दिन्छु भनेर, मुटु बिनाको जिन्दगी कहा सम्भब छ र ...............

जिन्दगीको एउटा कथा, लेख्दै थिए आज !
हर अक्षरमा उनैलाई, देख्दै थिए आज !!

शब्द-शब्द लेख्दै गए, नयनलाई रुझाई
सपनीमा उनकै बाटो, छेक्दै थिए आज !!

मन रोयो भक्कानिएर, तस्बिर पत्र जलाए’सी
रुझेका यी नयनलाई, सेक्दै थिए आज !!

जन्ती आए डोली संगै, लगे सारा खुशीहरु
बेहोसीमा आफैलाई, टेक्दै थिए आज !!



समयले छुटाएको हैन यो मन। स्वार्थले छुटिएको हो।
https://akg345.blogspot.com/2019/02/b...

No comments:

Post a Comment