गजल


अभागी कान्छा गाउले
शान्ति खोज्दै आए भने, अकालमा मर्छ यहाँ ।
कैले अग्नि तारा-सिता, कैले बुद्ध झर्छ यहाँ ॥


आज भन्दै भोलि भन्दै, बर्षौ बर्ष बिताए'सी
देश राम्रो छैन मान्छे, विकास सधै सर्छ यहाँ ॥

बुद्ध जन्मे नेपालमा, ईतिहास यही बोल्छ
भारत भन्छ लुम्बिनी त, मेरो देशमा पर्छ यहाँ ॥


दुःख हामी भोगि रा'छौ, चारै तिर सिमा मिच्दा
आस्वसनको सास मात्र, सरकारले छर्छ यहाँ ॥


दुःख पिडा बुझ्नु छैन्, ढुकुटीलाई सखाप पादैं
भ्रमण गर्न भनि सधै, सात समुन्द्र तर्छ यहाँ ॥


टिस्टा देखि कांगडा थ्यौं, मेची काली मात्र अब
तर पनि मौन बस्छ, नेताले के गर्छ यहाँ ॥


केदार अधिकारी
मन पोल्ने जवानिको रुप हेरि धकाउने,
आधुनिक जमानाको लुगा भन्दै छकाउने/

कसिला ति कोमलता नाघ्न खोज्ने नियन्त्रण,
गरिदिने अभिनय आँखा बाटै फकाउने/

चर्चा तिम्रो टोलै भरि फक्रिएकि फुल अरे,
मन्तरले ढ्याङ्ग्रो ठोकि धामी यूवा बकाउने/

बलेकि छौ झल झलि यौवनको दिप बोकि,
मदहोसी खाना भन्दै उत्तेजना पकाउने/

माहूरीको रानो भयौ सबै घुम्ने वरिपरी,
संकेतले सबैतिर तिम्रै भन्दै थकाउने/


राम सरण श्रेष्ठ
मुसुक्क हाँस्दैमा, पक्कै हुन्न मायाँ ।।
पछि लाग्दैमा, पक्कै हुन्न मायाँ ।।

क्षणिक आकर्षण, एकै छिनको हुन्छ
नजरले ताक्दैमा , पक्कै हुन्न मायाँ ।।

दुबै तिर बराबरी, चाहाना हुनुपर्छ
एउटाले आँट्दैमा पक्कै हुन्न मायाँ ।।

सबैलाई सबै चिज, पाईन्न सोचेजति
ईस्वरलाई माग्दैमा, पक्कै हुन्न मायाँ ।।

खोल्नु मन समयमै, नहुनु अन्र्तमुखि
मुटुमा राख्दैमा, पक्कै हुन्न मायाँ ।।



बैरागी माईलो बिवश
कालले आयु नाप्दै थियो तर्किएर आए हजुर|
लान्छु भन्थ्यो एक्लै कतै झर्किएर आए हजुर|

रोक्दै थियो शाँष मेरो समय पुग्यो भन्दै तेरो,
यमदुत कै पञ्जाबाट लर्किएर आए हजुर|

धेरै भयो पाप तेरो धर्म कर्म गर भन्दै,
स्वर्ग डोरी कस्दै थियो सर्किएर आए हजुर|

साथी भाई आफन्तमा बिछोड कै ज्वाला जल्दा,
बर्षे झरी बनी फेरि दर्किएर आए हजुर|

मनमा पिर हुँदापनी भित्री मन रुदाँ पनी,
मृत्युशैया बाटै आज फर्किएर आए हजुर|


देवी प्रसाद ढुंगाना
हिजो सम्म काम चल्ने भाँडो भएँ तिम्रालागी |
काम बन्यो फलिदियौ ठाँडो भएँ तिम्रालागी ||

फुल थिएँ मोहनी रुप मेरो जादु चल्थ्यो जब
अर्कै फुल पाए पछी काँडो भएँ तिम्रालागी ||

लेक बेंशी सँगै गर्यौ ऊ बेलामा चौका हान्यौ
ठेस लाग्दा भनिदियौ घाँडो भएँ तिम्रालागी |||

मनले खाँदा चिप्लो घस्यौ बुद्धिमानी नाम दियौ
लाटो देशको म तन्नेरी गाँडो भएँ तिम्रालागी |||

ऊ नहुँदा "देवी" को यो आलिंगन नै प्यारो मान्यौ
भेट्यौ जब सहयात्री राँडो भएँ तिम्रालागि |||


भुपेन चम्लागाई
बाबु चाडै फर्की भनी छुनुहुन्थ्यो आमा !!
हेर्दै मलाई धुरूधुरू रुनुहुन्थ्यो आमा !!

धन कमाई जाऊँला भनी बिदेसमा हुँदा
यिनै नयन वरिपरि हुनुहुन्थ्यो आमा !!

भोकै परिस् भने छोरा यै बेची खानु भन्दै
कानकै मुन्द्री लैजा भनी भन्नु हुन्थ्यो आमा !!

सकिंदैन किन्न भन्दै दशैं आउनै लाग्दा
च्यातिएको बुट्टे चोली धुनुहुन्थ्यो आमा !!

कुन्नि कस्तो हुनुभयो मेरो मुटु उहिल्यै
आईया,आत्था गर्दै भैसी दु'नुहुनथ्यो आमा !!


भावना पाठक
उ हिंड्ने गर्छ नकाब मा आज भोलि !
देखिदैछ कस्तो कस्तो स्वोभाब मा आज भोलि !!

भोको पेट बोकेर नाङ्गो आङ्ग लिएर्
बाच्दै छ उ एस्तो अभाब मा आज भोलि !!

बाच्नै पर्छ त बाच्नै पर्छ भन्यो कसैले
र त बाचिरहेछ दबाब मा आज भोलि !!


रोहित राना
गजलमा नै पिरती, लाको आजै हो !
सुनमाथि सुगन्ध, भाको आजै हो !!

यौवनले छ्ताछुल्ल,हुँदै मन-भरी
बैंसको यो भेलले,ब'गाको आजै हो !!

गजलका बहरसंगै, गुन्जन्छ संगीत
सुमधुर मिठो भाका,गाको आजै हो !!

तन-मन मिल्यो,यौवन पनि मिल्यो
हृदयकी मनकी रानी,पाको आजै हो !!


सुरेश
यो बर्षातमा, नानीभेको, दियो तिम्रो याद !
मुटु भित्र, च्वास्स, सियो तिम्रो याद !!

यो भोक, यो तिर्खा, बदलीएकोछ आज्कल
खायो त्यही याद, अनी, पियो तिम्रो याद !!

लेन्देन, जिन्दगीको, ढल्किएको तराजुभो
के के लियो, जिन्दगीले, दीयो तिम्रो याद !!

दोबाटोमा, ढुकने बानी, गकोछैन अझैपनि
जबर्जस्ती, भुलाएर, कुर्यो तिम्रो याद !!

अलझेकोछ, ज्यान अझै, मुर्दा यो सरीरमा
कृत्रिम श्वास, भरीदिने, मियो तिम्रो याद !!


मिलन पाठक
कोल्टे फेर्दै रात भरीनै आफ्नो शहर सम्झेर रुन्छ मन !!
आफ्ना सँग हुँदाको खुशी अनी रहर सम्झेर रुन्छ मन !!

कहिले-काहि यादहरु पोखिदा-पोखिदै राम्ररी जा भन्दै-
आमा ले हरियो दुबो दिएको प्रहर सम्झेर रुन्छ मन !!

सडकमा आफ्नै उमेरका कोही हिड्दै-गरेको देख्छ जब-
साथीसँग बरालिँदै हिंडेको त्यो डहर सम्झेर रुन्छ मन !!

आफ्नोपन जति सबै बेचे जस्तो न-देखेको भोली सँग-
यत उता,इस्ट्-मित्र,चाडपर्बको लहर सम्झेर रुन्छ मन !!

राम शरण श्रेष्ठ
१.
नेतानेता मिलिजुली, चलाउँदैछन् देशैलाई
कठैबरा! चितामाथी, जलाउँदैछन् देशैलाई

चुम्थ्यो होला विकासले, सगरमाथा चुचुरोनै
अल्मलाई बाटोबिचै, छलाउँदैछन् देशैलाई

गाउँ बेसी शहरमा, छर्दैथियो ज्ञानको ज्योति
जबर्जस्ति थकाएर, गलाउँदैछन् देशैलाई

खाँबो धेरै हुँदा पनि, फेरिएन मुहार खै त ?
भत्ताखाइ जनताको, ढलाउँदैछन् देशैलाई

चिन्ता छैन कसैलाई, मरोस या बाँचोस देश
आफू मात्र बाँचि किन, थलाउँदैछन् देशैलाई?


२.
कालोमोसो दली डांडा, कटाई दिए भो अब !!
सभासद्को भत्तासत्ता, घटाई दिए भो अब !!

धेरै भए नेताहरु, राजधानी शहरमा
लखेटेर रोल्पा तिरै, खटाई दिए भो अब !!

खै टेरेको? जे गरेनी, जनताको कुराहरु
नांगै पारि सिस्नुपानी, ठटाई दिए भो अब !!

खानु खाए देशलाई, बाँकि छैन केहि खान
कोचरेरै अलकत्रा, चटाई दिए भो अब !!

थोरै मात्र राम्रा यहाँ, बदमास लाखौं भए
छानीछानी पद बाटै, हटाई दिए भो अब !!

छैन कुनै इज्जत नै, जिउदैमा मरीसक्यौ
फाँसी दिई यमलोक, पठाई दिए भो अब !!


३.
आँखा बन्द गरि सोचें, तिमी याद आयौ ।।
मुटु भित्र धड्कन खोजें, तिमी याद आयौ ।।

कोहि एउटा मायाँ गर्ने, जुराई देउन भनि
मंदिर गई देउता ढोगेँ, तिमी याद आयौ ।।

वित्दै जाँदा जिन्दगी, कमि लाग्यो कसैको
मायाँ गर्ने साथी रोजें, तिमी याद आयौ ।।

एक तस्विर नजिक-नजिक, सरेजस्तो लाग्यो
को हो भनि प्रश्न सोधेँ, तिमी याद आयौ ।।

अन्तर्मुखी रहेछु म, मनको कुरा पोख्न गह्रो
भै गो भनि सहर छोडें, तिमी याद आयौ ।

अशोक गौतम क्षितिज
शव्द कोरी रहस्यका पठाकोछु खाममा आमा !
ढुङ्गा गीट्टी फोर्ने गर्छु टन्टलापुर घाममा आमा।

आठ घन्टा ड्युटी भने गरेको छु सोह्र घन्टा
खटेको छु जेन तेन रात दिन साममा आमा।

चोट लाग्छ ऐया भन्छु दुख्छ जिउ शिर पाउ
दवाई मुलो गर्नु छैन राता नीला डाममा आमा।

पल्लो गांउको हर्केको नि उहि हो चाला मेरो जस्तै
हात राख्छ गनाउने शौचालयको जाममा आमा।

नेपाली ले नेपाली लाई नचिनेझैं गर्दा खेरी
विपत पर्दा कस्को साथ पाउनु पराई ठाममा आमा।


तोते वोली वोल्दै थियो छाडी आंए सानो छोरा
संझनामा नयन् धारा खस्छन् खांदा माममा आमा।

उनलाई पनि नरमाइलो लाग्छ होला वेला वेला
माइत भेज्नु वुहारी लाई मेला पर्व राममा आमा।

उमेर ले नि साठ्ठी नाघ्यौ पेटको दिर्घ रोगी थियौ
वैंशमा जस्तो हुन्न अव ध्यान नदिनु काममा आमा।

लग्यो अरे व्याजको वद्ला लैनो भैंसी डल्ले साहुले
मन दुख्यो खुन पसिना साटेको छु दाममा आमा।

अर्को महिना रामे आंउछ पठाउछु धन् ऋण तिर्नु
चुक्ता गरी घर् वारी लाई गर्नु आफ्नै नाममा आमा।



अभागी कान्छा गाउले
१.
एउटा झर्ने अर्को चच्ढ्ने, कालो राजनीति हट्छ कहिले !
छोई सक्नु छैन केही, महङ्गी चाँही घट्छ कहिले !!

बेरोजगारले शिर चुल्यो, युवाहरु मुगलान पसे
हलो जोत्त्ने बृद्धा बा को, मुहार चाँही पढ्छ कहिले !!

बोल्ने एउटा गर्ने अर्को, देश बन्यो धरासायी
भाषण छाडी सत्य कुरा, छाती भित्र गड्छ कहिले !!

राती सुत्दा नेपालमा, बिहान उठ्दा भरत हुन्छ ।
सिमा सुरक्षा बलियो पारी, यो बारेमा लड्छ कहिले !!

दिन सम्म दियो दु:ख, प्रसबको पिडा के थ्यो
देश बिगार्ने नेता सबै, किरा परी सड्छ कहिले !!

२.
आमा
खबर सुन्छु सधै दिन, काट्छस अरे ईन्टरनेटमा !
साथीलाई नि सधै तैले, ढाट्छस अरे ईन्टरनेटमा !!

नेपाल छ'दा त्यस्तो थिईनस, के भएर यस्तो भईस
धेरै संग जोबन तैले, साट्छस अरे ईन्टरनेटमा !!

बिर्सिएको छैन बाबु मैले, काखमा बसी रोएको तैले
बिहे गर्छु भन्दै अरु नै, आट्छस अरे ईन्टरनेटमा !!

रंगिन दुनियाँ परदेशको, रम्छ्स अरे दिन रात
हुस्की चुरोट पिई पैसा, बाड़छस अरे ईन्टरनेटमा !!

बाटो हेर्दै बसेको छु, बाबु कहिले घर आउछ भनि
नेपाल जान्न भन्दै गफ, छाट्छस अरे ईन्टरनेटमा !!

छोरा

जसले जे भने पनि, सत्य कुरा गर्छु आमा !
बाटो नबिराई सधै, सत्य बिज छर्छु आमा !!

जस्तो थिए नेपालमा, यहा पनि तेस्तै नै छु .
काम सधै यहा म, ईन्टरनेटमा गर्छु आमा !!

मैले बिर्से हजुरलाई, छोरो मर्यो सम्झनु
जसलाई रोज्यौ उसै संग, बिहे गर्छु आमा !!

नेपालीको सस्कार भुली, डिस्को तिर गा'को छैन .
हुस्की चुरोट पिए भने, म त सिधै मर्छु आमा !!

बाटो हेर्दै बस्नु होला, दिन गन्दै बसेको छु .
पक्कै अब यो महिनामा, नेपाल भित्र झर्छु आमा !!


ईश्वर दाहाल कबि ''जी''
न बुझे मायाकी सार रहिछौ !
बुझ्यो भने अपम्पार रहिछौ !!

जीवन तिमी नै हौ मेरो भन्दै
पिरती बेच्ने बजार रहिछौ !!

तारा र जून फूल र किरण
शब्द रुपी कारागार रहिछौ !!

मायाको चिनो दिलायौ सजिलै
सुनामी भेलको धार रहिछौ !!

के थियो आहा कविको जीवन
पार्यौ भताभुङ्ग बेकार रहिछौ !!


अर्जुन निर्जन पौडेल
कहिल्यै तिमी शोक मा नहुनु !
दुख पीडा र भोक मा नहुनु !!

अरुलाई हसाउनु आफु नि हास्नु
रिस राग र झोक मा नहुनु !!

समाज अन्धो छ जे पनी भन्छ
घर मै बस्नु चोक मा नहुनु !!

एउटा गल्ती ले पोल्छ सधैभरी
इज्जत बेची थोक मा नहुनु !!

मिलन सेन्चुरी
मेरो जस्तै दुख्दो होल तिम्रो पनि मनै त हो
कही कतै चुक्दो होल तिम्रो पनि मनै त हो !!

बाध्यतालाइ बुझे पनि, बादल पर्षा सरिआँशु
भित्र भित्रै सुक्दो होला, तिम्रो पनि मनै त हो !!

समयले चुट्यो आज, मर्नु बाँच्नु पर्यो भनि
रिस धेरै उठ्दो होला, तिम्रो पनि मनै त हो !!


-मनोज"आत्मिय"
हेर एउटा बालक बसेको छ सडकमा,
बिर्सिएर पिडाहरु हाँसेको छ सडकमा।

को होला?कहाँ बाट आयो कोहि पनि चिन्दैनन्,
फोहोर सँग साईनो गासेँको छ सडकमा।

एक्लो जिवन एकलयात्री सम्झेरनै होला,
पेट पाल्न दुबै घुँडा धसेको छ सडकमा।

जायजेथा धनसम्पति सबै त्यै हो उसको,
पुरानो बोरा ढाडमा कसेको छ सडकमा।

पाटिपोंवा, पेटि त्यहि उसको संसार रैछ,
झिंगा र लामखुट्टेले डसेको छ सडकमा।

श्रेष्ठ सुबास
हेर्न आए हुन्थ्यो तिमी मेरो ज्यान ढल्नु अघि
चिता माथि लाश राखी आगोसँगै जल्नु अघि।

सयौ जुनी सँगै बाँच्ने मीठा मीठा कुरा गर्यौ
तिम्रो घरमा लगनको दियो बत्ती बल्नु अघि।

बाध्यतामा अर्कैलाई अङ्गालेकी भन्छौ तिमी
कुनै अठोट गर्नु पर्थ्यो आफ्नो मन गल्नु अघि।

बा-आमाको वचन काट्न सक्दैनौ कि भनेर नै
सँगै भागौ भनेकोथेँ गाउँमा हल्ला चल्नु अघि।

किन अहिले बस्नु पर्थ्यो पश्चातापको भुमरीमा
सुन्थ्यो भने मेरो कुरा बिष वृक्ष फल्नु अघि।


राम शरण श्रेष्ठ
पागलझै उस्कै, तस्विर हेरी रोएँ ।।
धिकार्दै आफ्नै, तकदिर हेरी रोएँ ।।

दैबको पक्षपात, त्यो कठोर झेलमा,
यि हातका रेखा, लकिर हेरी रोएँ ।।

दिनभर हामी मायाँका, बातगर्ने ठाउँ,
त्यो चौतारि तलको, भिर हेरी रोएँ ।।

चुरा धागो अनि, सिउँदो सजाउन भनि,
ल्याएको रातो सिन्दुर, निर हेरी रोएँ ।।

पराईकै डोली चढि, गएपछि छाडि उनि,
बेज्यान यो धड्कन, शरिर हेरी रोएँ ।।


सुमन काले
१.
राति अबेर, आउँदा पनि, गाली नगर्नी पो मेरी बुडी,
दुइचार् पेग लाउँदा पनि गाली नगर्नी पो मेरी बुडी!!

कोदाको झोल, नशालु आँखा जोबन साट्दै कान्छी संग,
दोहोरी गीत गाउँदा पनि गाली नगर्नी पो मेरी बुडी,!!!

कहिले शिला कहिले मुन्नी कुम जोड्दै साइँली संग,
फिलिम हल धाउँदा पनि गाली नगर्नी पो मेरी बुडी,!!!

राती बिरात म्यासेज गर्छु पल्लो घरकी लाहुरीनिलाई,
सबै कुरा था' पाउँदा पनि गाली नगर्नी पो मेरी बुडी!!,

कपाल फुल्न थालेता पनि जोश छ जवानीमा झैं,
बुड्यौली बैंश दाऊँदा पनि गाली नगर्नी पो मेरी बुडी !!

राति अबेर, आउँदा पनि, गाली नगर्नी पो मेरी बुडी,
दुइचार् पेग लाउँदा पनि गाली नगर्नी पो मेरी बुडी!!

२.
उनी संग, पहिलो त्यो, रातमा रमाइलो भो,
भुईंमा त, ठिक्कै ठिक्कै, खाटमा रमाइलो भो!!

खान्न खान्न, भन्दै थिई, अलिकता खुवाई छाडें,
हल्का हल्का, वाईनको, मातमा रमाइलो भो!!

अंग अंग, कुना काप्चा, जिरिंग भो जीउ सारा,
ओठ - ओठ, छाती माथि, हातमा रमाइलो भो!!

सामिप्यता, बढ्दै गयो, बैंशको पारो चड्यो,
तल-माथि, अहो!! खातै, - खातमा रमाइलो भो!!

रोए जस्तै, गरीकन, कम्पीत थ्यो स्वर कठै,
सन्तुस्टीमा, उन्को हर, बातमा रमाइलो भो!!

कता कता रेडियोमा मधुर धुन् गुन्जियो,
ऐया उफ्फ़ संगीतको साथमा रमाइलो भो !!


नवराज घिमिरे
पाएर माया गरेको भन्दा, नपाई माया गर्नु पो माया !
पाएर छुटि मरेको भन्दा, नपाई हाँसि मर्नु पो माया !!

आफ्नै आँखाले आफु देखिन्न, उस्ले हेर्ने आँखाको कुरा
नजिकैबाट हेरेको भन्दा, टाढाकै आँखा तर्नु पो माया !!

दिएर हुन्न लिएर हुन्न्, फुलको थुङ्गा चुडेर हात्मा
फुलेको फुला टिपिनु भन्दा, समयसंगै झर्नु पो माया !!

नबुझ्नु बेस बुझेको भन्दा, बुझेर बुझि नसक्नु माया
थाहै नपाई एक-अर्कामा, भित्री मनमा सर्नु पो माया !!

शिकारी कस्तो भिकारी जस्तो, ढुकेर बस्ने लुकेर बस्ने
लेउँन भनि मागेको भन्दा, मायाले माया हर्नु पो माया !!


यात्री शेखर
जून छेक्ने बादलसंग रिसाएर के गर्नु र ?
बैगुनीलाई लाख बिन्ति बिसाएर के गर्नु र ?

दुनियाँ छ रंगीचंगी आफ्नो जीवन अध्यारोमा,
पीडै पीडा भित्र मुस्कान मिसाएर के गर्नु र ?

हावा पनि सधै सधै एकनास बहदैन,
जीन्दगीलाई हिउँ जस्तै चिसाएर के गर्नु र ?

थिचेपनि किचेपनि बढ्दो रैछ पिरती त,
माया पाउन आफैलाई पिसाएर के गर्नु र ?

आफ्नै आफ्नै अर्थ बोक्ने थरीथरी मान्छे यहाँ,
अस्तित्वलाई बाउन्नमा फिसाएर के गर्नु र ?


सुमित्रा पौडेल
यो नशा भित्र बगेको रगत तिम्रो नि जस्तो मान्दथे म त !
मायालु भाव पोखिदा खेरि मेरै हौ भनी ठान्दथें म त !!

अध्यारो भित्र उज्यालो खोज्दा तिमीले दिप जलाको देखें
प्रेम हो धन त्याग हो जीवन भनेर तिम्लाई छान्दथे म त !!

कोपिला फूलका सुन्दर थिए नफुली किन झर्दैछन् आज
देखेर तिम्रो मुस्कानी ओठ आत्माको कुरा जान्दथे म त !!

चुक्यौ कि कतै देख्दैछु खिन्न यो मुटु पनि भएछ भिन्न
पौडदा तिमी यो दिल भित्र खुशीले तिम्लाई बान्दथे म त !!


केदार अधिकारी
ऐनाको घर फुट्यो नि बरै, जोड्नु पो कसरी,
निरिह यात्रा साँगुरो बाटो मोड्नु पो कसरी।

सपना थियो खुलेर बाँच्ने, कैदि भो जिबन,
मावब चोला जन्मदै जेल, तोड्नु पो कसरी।

उज्यालो छैन अध्यारो सधैं, दिन र रातैमा,
हारेको कर्म टुटेको भाग्य, गोड्नु पो कसरी।

जिबन दर्शन चल्नु नै पर्ने, आँशु नै पिएर,
बिपत्ति भित्र मौकाको हिरा, फोड्नु पो कसरी।

धडिको दास मायाको रास, मिठो छ ममता,
भन्दैछ आज खोसेर लान्छु, छोड्नु पो कसरी।


सरोज अनुराग
तर्साउन सक्छौ भने थर्किएर हेर ।
बर्खा, बादल, सावन बनी दर्किएर हेर ।

धमिलो भो यो पोखरी ढुङ्गा हान्यौ जब
केहीक्षणमै सफा हुन्छु पर्खिएर हेर ।

कसले भन्यो तिमीलाई भगवान हुन्न मान्छे ?
आँखा चिम्ली फूलपातीले छर्किएर हेर ।

चिन्ने छैनौ आफ्नै मुहार हजार ठाउँ देख्दा
थाहा पाउँछौ ऐनासरि चर्किएर हेर ।

तिम्रो मेरो बीचको दूरी आकास धर्ती भयो
देख्ने छैनौ मलाई पनि फर्किएर हेर ।


भगवती बस्नेत
तीज आयो नाचौ गाऔ मैदानमा टेक चेली !
मन भित्रका दु:ख पीर शब्दमानै लेख चेली !!

समयको चालसगै फेर्नुपर्छ परम्परा
पुराना ती संस्कारलाइ चेतनाले मेट चेली !!

सारी टिका चुरा पोते श्रृँगार हुन् महिलाका
चाहना र भावनाका रहरलाई भेट चेली !!

घरदेशको सम्झनामा छट्पटिइ बसेपनि
मुस्कानले परेलीका अश्रुधारा छेक चेली !!


सबिन सिंह
सिन्दुर देखी तर्सिएर भन्छ्यौ उसको खून आयो !
मुटु दह्रो तिम्रै थियो फेरी किन रून आयो !!

जलप लिइ मेरो प्रेमको घुम्टो भित्र लुकी बस्यौ
घुम्टो खोली पराइ भन्छ, आहा! हेर जून आयो !!

मनको घाउ चहर्याउँदा पिडा गुन्ज्यो यताउता
हाँस्दै भनिन् निष्ठुरीले कस्तो मिठो धून आयो !!

आभारी छु म त साह्रै जीन्दगीको बाटो खोल्यौ
रातो धागो बेरिएर निर्मोहीको गुन आयो !!


अशोक गौतम " क्षितिज "
                तीज बिषेश
यो तीजमा लिन आउन, सकिन म सानी दिदी !
यो भाइको व्यथालाई, बुझी दिनु ज्ञानी दिदी !!

समयको व्यस्तताले, यो पालि चै चिट्ठी लेखे
अर्को पाली गरौला है, फोनमा कुराकानी दिदी !!

अलि छिट्टै जानु होला, बुहारीलाई मद्दत हुन्छ !
तीज मान्न उनि पनि, होलिन माइत जानी दिदी !!

म आउदा सानै थिईन, अलि धेरै रुने गर्थिन !
सुद्रियो कि सुद्रिएँन, भान्जी को त्यो बानि दिदी !!

आटो पिठो जे भए नि, तीजको दर सम्झिएर
आमा संगै हासी खुशी, खानु मिठो मानि दिदी !!

हरयो ति चुरा अनि, रातो रातो सारी संगै
छम्म छाम्मी नाच्नु होला, परे पनि पानि दिदी !!


अभागी कान्छा "गाउँले"
जिन्दगीको एउटा कथा, लेख्दै थिए आज !
हर अक्षरमा उनैलाई, देख्दै थिए आज !!

शब्द-शब्द लेख्दै गए, नयनलाई रुझाई
सपनीमा उनकै बाटो, छेक्दै थिए आज !!

मन रोयो भक्कानिएर, तस्बिर पत्र जलाए'सी
रुझेका यी नयनलाई, सेक्दै थिए आज !!

जन्ती आए डोली संगै, लगे सारा खुशीहरु
बेहोसीमा आफैलाई, टेक्दै थिए आज !!


बिपुल बी, सिजापति
पर्खाइ केहि क्षण ढिला, गर्दा पो गजब भो !
रिसाई मुड्की छाती भरि, पर्दा पो गजव भो !!

"बोल्दिन जाउ" भन्दै पर, सर्थिन जति उनि
नबोली बसें फेरी वर, सर्दा पो गजव भो !!

यसरी किन सताएको, मेरो माया लाग्दैन?
"लाग्छ नि प्राण" भन्दा खुसि, छर्दा पो गजव भो !!

फैलाई बाहु डाकें जसै, ओंठ नाँचे खुसिले
रागिनीलाई राग भरि, भर्दा पो गजव भो !!

तिमीमै म छु ममा तिमी, मेरो प्राण नाथ हौं
भन्देर प्राण प्राणले नै, हर्दा पो गजव भो !!


संजय कुमार खड्का
जब म्याद बिते पछी तिमि आयौ सहमतिमा ,
बाँडी चुँडी मन्त्रि खान तिमि धायौ सहमतिमा!!

भाका हाली लेग्रो तानी आशा दियौ संबिधानको !
जसो तसो नेता तिमि भता खायौ सहमतिमा !!

चैत मास खडेरीमा भोकमरी लाग्यो भन्छन ,
आफ्नै स्वार्थ पूर्ति गर्न गाना गायौ सहमतिमा !!

आज भोलि भन्दा भन्दै चार साल हुन लाग्यो है ,
भन्दै नयाँ सरकार बिल्ला लायौ सहमतिमा !!

गाउँ गाउँ बस्ति बस्ति सहकारी आयो भाषण ,
मिलि जुली बाँडी खाने निउँ पायौ सहमतिमा !!


केशव जी
मस्तिस्कमा संघर्सको चाप पर्या र'छ !
ईच्छा अनी चाहनाको खाप पर्या र'छ !!

लाछीहरु यसो भन्दै बुझाउँदाहुन् चित्त
झट्टी मेरो उस्को भागमा आँप पर्या र'छ !!

गावै मेरो उज्यालो भो आए पछी उनी
मुहारमा सीदा घामको राप पर्या र'छ !!

जिन्दगीमा सहयात्रि खुट्टा तान्ने निस्के
तिनलाई राजनीतिको छाप पर्या र'छ !!

जैले देखी मैले देखेँ ब्युँझिएको छैनन्
उल्टै भन्छन यो भाग्यमा श्राप पर्या र'छ !!


जीतु खड्का "गाउले"
१.
बिधाताले कोर्यो भाग्य छाप देखिदैन
भत्भती यो छाती पोल्छ राप देखिदैन ||

लुकाउछु आफ्ना पिडा मनै गर्हुङो छ
हृदयमा उकुस्मुकुस् चाप देखिदैन ||

कति माँया गर्छु भनी भनौ कसरी म
जति माँया गरे पनि नाप देखिदैन ||

बिछोडको छट्पटिमा कती बाँचु अझै
नजर'नै लाग्यो क्यारे श्राप देखिदैन ||

छट्पटिन्छु एकान्तमा मुटु जलेकै छ
बिरहमा जल्छ मन ताप देखिदैन ||


२.
निर्मोहिको चिल्ला चाप्ला बातैमा'पो परेछु म
तुवालोले ढाक्यो खुशी घातैमा'पो परेछु म ||

जुन सगै रम्न चाहें फिजाएर पंख हरु
औशिको त्यो अन्धकार रातैमा'पो परेछु म ||

कुरितिले बेरिएको जालो भित्र लपेटिए
कोरीदिए सिमारेखा कु जातैमा पो परीछु म||

रहरमै अल्झिए छ ढकमक्क फुल्ने चाह
फूल सगै फुल्छु भन्थे पातैमा'पो परेछु म ||


दीपक के.सी.
पहाडको छोरो म त, तिम्ले तराइ जाती भन्यौ!
तिमीसँगै हुनखोज्दा, बरु पराइ जाती भन्यौ!

माया रोपी मनैभरि, फूलाइदिन्छु खुशी भन्दा,
ब्यर्थै दु:ख नगर भो,फापर छराइ जाती भन्यौ!

तिम्रै खुशी जोगाइदिन, छानो टाल्न खोजेँ जब,
थोत्रे छानो टाल्नुभन्दा, बास सराइ जाती भन्यौ!

जिन्दगीको बक्र-रेखा, कती घुम्नु सधैं भरी,
छोटो मिठो बाटो रोजी, यात्रा गराइ जाती भन्यौ!

भोक लाग्दा खाना छैन, तिर्खा लाग्दा खै त पानी,
पींजडाको खुशी भन्दा, छाडा चराई जाती भन्यौ!


राम शरण श्रेष्ठ
१.
राजनीतिको ईराधानी, प्रष्ट भएको छ ।।
जति आए सबै उस्तै, भ्रष्ट भएको छ ।।

लाग्छ कोहि देश भक्त, जन्मेकोनै छैन नेता
ईमान्दारीता सब नेताको, नष्ट भएको छ ।।

फेरी एउटा बुद्ध कुर्दै, बसेकाछन् जनताहरु
रक्तकुण्ड लक्षण यिनका, छरपष्ट भएको छ ।।

सिन्को पनि भाँचिदैन, जनहितका कुरा मात्र,
ब्रम्हलुटको राजनीतिले, ग्रस्त भएको छ ।।

नौलो बिहानीको लागि, जाग्नु पर्छ सबै अब
रुदै छिन नेपाल आमा, कष्ट भएको छ ।।

२.
युद्धबाट शान्ति खोज्दा, जित हुनै सक्दैन ।।
युद्ध प्रेमी जनताका, मित हुनै सक्दैन ।।

बुद्ध बुद्ध जप्दैमा, शुद्ध हुन्न मन बचन
भयभितपार्ने नारा जन, गीत हुनैसक्दैन ।।

युद्धारोहन नरशंहार, चिन्नन बाट उब्जेको
सर्वसक्ताबादी अहम्, उचित हुनै सक्दैन ।।

देशको झण्डा अघि, नझुक्ने देशद्रोहिहरु
देशप्रेमीको सम्मानले, आलंकित हुन सक्दैन ।।

केन्द्र विन्दु सक्तामात्र, गन्तब्य बनाएको
राजनीतिले जनताको, हित हुनै सक्दैन ।।


जितेन्द्र मल्ल
रिस राग त्याग्न सके, जिन्दगी नै माथि हुन्छ ।
फलेको हर वृक्ष पनि, झुकेको नै जाती हुन्छ ।

'कति' भन्दा 'कस्तो'को पो, मुल्य हुन्छ दुनियाँमा,
लाखौं तारा माझ हेर, यौटै जून काफी हुन्छ ।

कस्को औकात कति यहाँ, नाप्छौ भन कसो गरी?
ज्युँनेहरु सबै सित, एक मुठी सास बाँकी हुन्छ ।

छलें सारा दुनियाँलाई, भन्दै चाहे छाती ठोक,
जहाँ जान्छौ जे जे गर्छौ, तिम्रै मन साक्षी हुन्छ ।

भन्छौ यत्ती भए पुग्छ, अरु केही चाहिदैन,
पुरै संसार पाए पनि, चाह सधैं आधी हुन्छ ।


आनन्द श्रेष्ठ
मर्न गाह्रो हुन्न होला, छोड्न गाह्रो भयो आज
फाटेको मन जे गरेनी ,जोड्न गाह्रो भयो आज

मलजल पनि गर्नु गरेँ, फल्नुपर्ने फूले पो त
हुर्काउन गाह्रो थे'न ,गोड्न गाह्रो भयो आज

एकापसमा हराउनु नै, माया भन्थे समाजले
भेट्नु छुट्नु नभए नि, तोड्न गाह्रो भयो आज

कठोर रै'छ तिम्रो मन त्यो ,भित्र भित्रै माया लुक्यो
कोट्याउँदा निस्किएन, फोड्न गाह्रो भयो आज

जिन्दगीको लामो यात्रा,अनगिन्ती मोड मोडेँ
अगाडिको सानै मोड नि ,मोड्न गाह्रो भयो आज ।


कार्की सरु
टुक्रिएका सपनाहरु छरेर बाँचेँ !
जिउने बहानामा पलपल मरेर बाँचेँ !!

दुई दिन भए पनि फूल फुल्छ हाँसेर
नफक्रिँदै कोपिलामै झरेर बाँचेँ !!

यात्रा भन्छन् जीन्दगीलाई मानिसहरु
खोला, नदी जँघार पनि तरेर बाँचेँ !!

कहाँ पुग्दो रहेछ र मनले खोजे जति
इच्छा अनि रहरका बसाईंहरु सरेर बाँचेँ !!

कति गर्नु गुनासो यो जिन्दगीसित
चुनौतीहरु सामना गर्ने अठोट गरेर बाँचेँ !!


आचार्य प्रभा
१.
दुनियाँको आँखा छली आउँथे म रातमा
उपहार दिन ल्याउँथें गुलाब फूल हातमा ।

जब मेरा पाउँजु बझ्थे धड्कन बढ्थ्यो तिम्रो
सम्हालिँदै आउँथे म फँस्न तिम्रो बातमा ।

लजाउँदै शर्माउँदै तिम्रै समिप पुग्न
घुम्टो ओढी आइ दिन्थेँ बेहुलीको जातमा ।

नपिइ हुन्थे अधर् पनि पिएसरि मेरा
लट्ठ तिमी परिदिन्थ्यौ जवानीको मातमा ।

साँझ पख डोली चढि तिम्रै सामु पुग्थें
बिहानीमा टल्कीदिन्थेँ शीत बनी पातमा ।

२.
नखाएको बिषले अझ ज्युँदै मार्दो रैछ
परिबन्द बिग्रिँदा नि जालमा पार्दो रैछ ।

लेखनकै साहारामा बाँचिरैछु अझै
कलमले नि कैले कँहि आसुँ झार्दो रैछ ।

अबुझको माहौलमा कती पटक फँसें
ब्यर्थ दोषी बन्नु पर्दा मन हार्दो रैछ ।

नियतको भुमरिमा आफु धसे पछी
लेखनबाट मनलाइ टाढा सार्दो रैछ ।

सहि सत्य के हो भन्ने नबुझ्नेको अघी
आफैलाइ आसुँबाट सधैं तार्दो रैछ ।


अशोक गौतम क्षितिज
पहिलो भेट मै नजरको तिर हान्यौ र त विग्रिए म
अरु भन्दा अली वेग्लै ठान्यौ र त विग्रिए म।

सारा संसार विर्सिएर च्याप्प हात समाई मेरो
दुनियां मा मलाई नै छान्यौ र त विग्रिए म।

ईशारा नै काफि भयो एउटा आंखा मारे पछि
यो मन ले के खोज्या हो जान्यौ र त विग्रिए म।

कल्कलाउंदो चल्चलाउंदो उथल पुथल यौवनको
नशा संगै अंगालोमा वान्यौ र त विग्रिए म।


निर्दोष डेबिट
तिमी रूंदा तिमी संगै, रून पाईन मैले
सिरानीको तिम्रो फोटो, छुन पाई न मैले !!

आँखाभरि सजाएर, जिन्दगीलाई फेरि
एकमुठी आँसुले, धुन पाईन मैले !!

दोष पनि छैन केही, खोट पनि छैन
बांचुन्जेल तिम्रो साथ, हुन पाईन मैले !!


ईश्वर दाहाल " कबिजी "
परिवर्तन् चाहिएको छ आफै कदम् चाल्नु पर्छ
आउ साथी आजैबाट यस्तो काम थाल्नु पर्छ ।

नेता सबै चोर भए देशमात्र लुटी खाने
समातेर यिनीलाई झ्याल्खानामा हाल्नु पर्छ ।

अन्यायीअत्यचारी सामन्तीको धरातल
विचारको क्षेप्यास्त्रले ध्वस्त पारी ढाल्नु पर्छ ।

सांस्कृतिक् र आर्थिक क्रान्ति ल्याउनै पर्छ अब
उठ्नोस् मित्र गरीबीको पर्दा अब फाल्नु पर्छ ।

जरुर् एक्दिन् जित्छौ हामी फराउँदै हाम्रो झण्डा
विजयको दिप अनि देश भरि बाल्नु पर्छ ।


राजेश्वोर ढकाल
चुनौतिमा थिएँ जब छोडेर गयौ तिमी !
खाएका वाचा कसम तोडेर गयौ तिमी !!

झुटो आश देखाएर मेरो जिन्दगीमा
दुखाउने सम्बन्ध जोडेर गयौ तिमी !!

एउटै ईच्छा मेरो लक्ष्य चुम्नु हुदाँखेरी
सिधा मेरो मनलाई मोडेर गयौ तिमी !!

मेरो जीवनलाई सफलताले साथ दिदाँ
सिसासरी मेरो भाग्य फोडेर गयौ तिमी !!

कोमल मेरो मुटुमा अनायासै तिमीले
फुल भन्दै काडा पो गोडेर गयौ तिमी !!


अतृप्त कमल
१.
संसार जित्ने अहम थियो कसो गरी हार्‍यौ भन !
खाटी थियो माया मेरो के सम्झेर खार्‍यौ भन !!

तिम्रो चर्चा कानमा पर्यो अनि मेरो होश गुम्यो
मलाई जस्तै कतिलाई आश्वासनमै टार्‍यौ भन !!

जोबन साट्दै हिड्छौ अरे मायाकी त खानी रैछौ
मलाई वारी प्यासी राखी कस्लाई पारी तार्‍यौ भन !!

भमराले झैँ रस फूलको चाख्दै हिड्ने बानी तिम्रो
यो डालीको थुँगा टिपी कुन् डालीमा सार्‍यौ भन !!

हिलो सरी तिम्रो जीवन कमल फूलले ढाक्न चाहें
किन मलाई तिरस्कार गरि मरेतुल्य पार्‍यौ भन !!

~~~~~~~~~~~~~~~~~~~~~~~~~
२.
भेट्न गाह्रो मनकारी जीन्दगीको गोरेटोमा !
छोड्नुहुन्न बिच पारि जीन्दगीको गोरेटोमा !!

बुझ्नै गाह्रो मान्छेको मन,रंग फेर्छन् छिन छिनमै
सबै देख्छु नकाबधारी जीन्दगीको गोरेटोमा !!

आफैलाई भेट्टाउँन छट्पट छ यो मेरो मन
खेल्छु एक्लै लुकामारी जीन्दगीको गोरेटोमा !!

पुरुषबिना नारी अनि नारीबिना पुरुष अधुँरो
सहयात्री नरनारी जीन्दगीको गोरेटोमा !!

"अतृप्त" छन् धेरै सपना,अन्धकारमा हराईरा'छु
कहाँ बिसाऊ मनको भारी जीन्दगीको गोरेटोमा !!


जीतु खड्का (गाउले )
१.
श्रीमतिको पत्र आयो बिरहकै पोको देखे
बिछोडमा छट्पटिदै एकान्तमा रोको देखे ||

धेरै भयो छुटिएका झट्टै फर्की आउ भन्थी
सुख केही चाहिन्न रे संगै बाँच्ने धोको देखे ||

बिछोडिने चाह हैन जिम्मेदारी काँधमा थियो
चिची पापा भन्ने मेरा लाला बाला भोको देखे ||

नहुँदा नि भा कै थियो जती भयो उती लोभ
जती भर्यो नभरिने लालचको डोको देखे ||

गरीबको कर्मै यस्तो दोष मैले कस्लाई दिनु
भात मुछ्ने हातै भरी ठेला उठ्या फोको देखे ||

~~~~~~~~~~~~~~~~~~~~~~~~~~
२.
छोरा बढे गाउ सुन्ने छोरा सबै खाडीमा छन
फूल सबै उछिट्टिए ठेट्ना जती हाँडिमा छन ||

छोरा छोरी लाहुरे भए भासिए ति मुङ्लानमा
बुढा बाउ हलो जोत्दै त्यही पाखो बारीमा छन ||

क्रान्ति भने जिउदै जले ति निर्दोश जनता हरु
जलेका ति लाश हरु अझै पनि माडिमा छन ||

चल्दै गर्या गाडी जल्यो दोष यहाँ कस्को थियो
मासु सबै खरानी भो अस्थिपञ्चर गाडीमा छन ||

पसिनाको धारा बग्यो माटो भिज्यो सिर्जनाले
दु:ख गर्ने सिधा सादा सामन्ती त राडीमा छन ||



"सुमन काले"
१.
तिम्रो बिहेको, मण्डपमा, जव अग्नि, बल्न थाल्यो,
तिमि बसेकै, मुटु मेरो, अनायासै, जल्न थाल्यो!!

मन्त्र गुन्जीयो, पन्चै बाझा, नाच्न थाले, जन्तीहरु,
रसायो आँखा, अनि हुरी, मुटु भित्र, चल्न थाल्यो!!

फुल अक्छेता , खस्दै थियो, तिम्रो घर, बस्दै थियो,
महल मेरो, सपनाको, यताउता, ढल्न थाल्यो !!!

घुम्टो ओडेउ, जग्गे घुम्यौ, डोली माथी, बस्छौ अब,
कम्पित भयो, भुमी सारा, लौन जिऊ, गल्न थाल्यो!!

अन्धकार भो', दुनियानै, जव तिम्रो, डोली उठ्यो,
तिर्मिराए, आँखा मेरा, तोरी फूल, फल्न थाल्यो!!

तिम्रै नाममा, मर्छु होला, बाँच्दिनकी, अब धेरै?
यमराजले, सपनीमा, घरी-घरी, छल्न थाल्यो!!!

तिमि बसेकै, मुटु मेरो, अनायासै, जल्न थाल्यो!!
महल मेरो, सपनाको, यताउता, ढल्न थाल्यो !!!

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

२.
तिमि मेरी भै'नौ त्यसकै शोकमा पीएँ!
तिमीले दिएको धोकाको झोकमा पिएँ!!

आँसुका प्याला, पींडाका सितन सिध्याएँ,
भरीएन पेट मायाको भोकमा पिएँ!!

पिएरै रित्याईदिउँ कि साला जिन्दगि?
गल्लि गोरेटो अनि चोक-चोकमा पिएँ!!!

होलसेलमै मायाँ धाराशाही बनायौ,
बानी परे'सी खुद्रा अनि थोकमा पिएँ!!

पेट पोल्ने अनि कान तातो हुने रै'छ,
यतिकै त नसकिने भो कोकमा पिएँ!!



अर्जुन निर्जन पौडेल
जुन फिका लाग्छ, किन तिम्रो अघि !
नुन फिका लाग्छ, किन तिम्रो अघि !!

संगीतले,जिबन दिन्छ रे भन्छन
धुन फिका लाग्छ, किन तिम्रो अघि !!

अनमोल चिज, सबै अनमोल हुदैन
सुन फिका लाग्छ, किन तिम्रो अघि !!

रातो त सबै, रातो नै देखिन्छ
खुन फिका लाग्छ, किन तिम्रो अघि !!





समिर अधिकारी
नयां दुलही घरमा छोडि आको भए चाल पाऊंथ्यौ !
शिर उपर ऋणको भारी भाको भए चाल पाऊंथ्यौ !!

बोल्दिने ले बोल्दिए भो नानाथरी पधेंरामा ,
घर तिम्रो आकाशले छाको भए चाल पाऊंथ्यौ !!

दैब कठोर भए पछि छाति पिटि के लाग्थ्यो'र ,
नाबालक'मै बाबा स्वर्ग गाको भए चाल पाऊथ्यौ !

पाखो जमिन बंधकी'भो हात मुख जोड्ने चटारोमा ,
सांझ बिहान साहुं'ले घर धाको भए चाल पाउंथ्यौ ।

चिसा नयन सधै भरि दलन कुर्दै भौतारिंदा ,
दया मिस्रित बासि रोटि खाको भए चाल पाउंथ्यौ !!

गर्दै धिक्कार जननीले आफ़्नै कर्म सरापेर ,
कयौं पटक गला पासो लाको भए चाल पाऊंथ्यौ ।

फेसबुकबाट साभार





तपाईहरुको साहित्यिक खुराकको प्रतिक्षामा छौ ! सके सम्म चाडो भन्दा चाडो आफ्नो रचनालाइ ( श्रब्य-दृश्य तथा शब्दमा सम्प्रेसण गर्न सक्नु हुने छ हाम्रो ई-मेल ठेगानामा...!