ठाडो घाटी बोटल साथि, लिएर नयाँ वर्ष !
उन्कै यादमा मनाउदैछु, पिएर नयाँ वर्ष !!
उन्को साथ अनि गाउँले, थिए’र नयाँ वर्ष !!
धुजा-धुजा कागज सरी, फाटेको मन आज
प्याक-प्याक लगाउदैछु, सिएर नयाँ वर्ष !!
बनावटी हाँसो देखाई, बाँच्नु नै जिन्दगी भो
बाँचे पनि ज्यूदो लास झैँ, जिएर नयाँ वर्ष !!
सबै तिर खुशी छाओस, मेरो त यस्तै छ है
निष्ठुरीको नाममा आज, खिएर नयाँ वर्ष !!
No comments:
Post a Comment