Tuesday, June 19, 2012

म मरिजाऊँ लेख्न त छोड्दै छोड्दिन ! !! !!!



सुजन संयोगी
हो बुझेको छु मैले , 
हो बुझेको छु मैले कलम तरवार भन्दा पनि बलियो हुन्छ । 
बन्दुकको नालबाट पड्कने त्यो गोली भन्दा पनि कैयौं गुणा तेज हुन्छ । 
गोलीले त कसैको प्राण लिन्छ तर कलम'ले धेरैको प्राण'लाई बचाईदिन्छ ।
कलममा मानिसलाई सुख दु:ख मा साथ दिने अथाह तागत छ जुन अरुमा छैन ।
खुशिमा हसाउँछ यो ,
दु:ख को कुरामा रुहाउँछ पनि ।
मायाँ र प्रेम भर्खर सिक्दै गरेका नयाँ चखेवा जोडीहरूलाई मायाँको परिभाषा सिकाउँछ यो ।
साँच्चै भन्ने हो भने ,
कलममा देशलाई नै सत्मार्गमा डोर्‍याउँन सक्ने खुबी छ । 


हो त्यसैले त ,
म मरिजाऊँ लेख्न त छोड्दै छोड्दिन ।


यहि कलमबाट निकै पुण्यको काम गर्नु छ मैले ।
अरब'बाटै नेपाली माटोलाई सम्झदै मरुभूमीमा उँड चराउने नेपाली दाजुको खबरलाई नेपाल सम्म पुर्‍याउनु छ ।
नेपाली दाजुको त्यो अथाह दु:ख'लाई सबैसँग बाँड्नु छ मैले ।
दाजुको पाकेको घाउमा यहि कलमको सहायताले पिप निचोरेर मलमपट्टी लगाउनु छ ।
दाजुलाई नै दिनरात पर्खी बसेकी प्यारी भाउजुलाई दाजुको सकुसलताको खबर दिनु छ मैले ।
अनि ,
भाईटिका'मा माइतीलाई सम्झदै आँखा भरी आँशु पारेर अरबी'को घरमा भाँडा पखाल्दै गरेकी चेलीको सन्देशलाई माइती सम्म पुर्‍याउनु छ मैले ।
अभद्र ब्याबहारहरू सहदै आएकी नेपाली चेलीको सारा दु:ख कस्टहरू बाँड्नु छ मैले ।
यौन शोसन'को शिकार भएकी पर्देशी चेलीको त्यो बलिद्र धारा आँशुलाई यहि कलमले पुछिदिनु छ मैले ।
हो त्यसैले पनि ,
म मरिजाऊँ लेख्न त छोड्दै छोड्दिन ।

पुछ्न बाँकी अरु थुप्रै आँशुहरू छन यहाँ ,
पुछेर पनि पुछिनसक्नु छन रोएका मनहरू ।
जाँजरकोट'मा रोगीले खाने सिटामोल छैन ।
सिमावर्ती क्षेत्रहरुमा नेपाली सिमाहरू मिचिदै नेपालीहरूकै ओत खोसिएको छ ।
राजनैतिक खिचातानीले गर्दा हिमाल,पहाड र तराई'का थुप्रै मनहरू भड्किएका छन ।
राजधानीमा सास फेरेर फेरिसक्नु छैन ।
धुलो, धुवाँ र फोहोर राजधानीका सम्पत्ति भएका छन अब ।
महगीले पनि आकाश छोएको छ ।
बिजुलीले देख्न छोडियो अब ।
खाने पानी मेलम्ची'को खोलामै बग्दै छ ।
काकाकुल छ बिचरा काठमाडौं !
समस्याहरूले ग्रस्त छन सारा शहरका गल्ली अनि चोकहरू ।
जताततै नेपाली मनहरू दुखेका छन ।
रोएका छन ।
पूर्व मेची देखि पश्चिम महाकाली सम्मका थुप्रै मनहरू रोईरहेछन आज ।
ती सारा दुखि मनहरूलाई यहि कलमले जगाउनु छ अब ।
भरोसाको मिम्ती एउटा आशाको दियो जलाउनु छ अब ।
हो त्यसैले पनि ,
म मरिजाऊँ लेख्न त छोड्दै छोड्दिन ।

कलमले निर्माण गरेका अचुक अस्त्रहरूले एकदिन सबैको हौसला र हिम्मत बढाउला ।
भरोसा र आँट बनेर जनताहरूलाई डोर्‍याउला ।
अनि ,
कलमले जित्ला ।
तरवारले हार्ला ।
कलमको जय-जयकार होला ।
कलमले सदा सदा सदभाव जन्माउला ।
मलाई पनि सदा सदा आशावादी बन्नु छ अब ।
हो त्यसैले त ,
म मरिजाऊँ लेख्न त छोड्दै छोड्दिन । 





फेसबुकबाट साभार 

No comments:

Post a Comment