बुझाएरै मन मुटु टुक्रा टुक्रा पारी टाले जिन्दगीलाई !
हिजो फाट्दा मन जसोतसो सम्हाले जिन्दगीलाई ! !
आफ्नै मुटुले पनि आफैलाइ, चिन्न छाडे पछी हजुर
कहिले पुरा नहुने दाउमा, मैले हाले जिन्दगीलाई ! !
नभन्नु मलाई पागल, यहि पागलपनमा छ मेरो माया
बाकी रहेको उन्कै नाममा अब फाले जिन्दगीलाई ! !
फाट्यो आज जिन्दगी यसरी, देखियो रङ्ग मन्चमा
न टाल्न सक्छु नसिलाउन, आज यो साले जिन्दगीलाई ! !
No comments:
Post a Comment