Friday, February 24, 2012

गजल



बाचे भने अर्को साल, फर्की आउछु गाममा आमा ।
मरे भने धागो बाधी, तार आउला खाममा आमा ।।

Tuesday, February 21, 2012

गजल




  • सुख-दुख साट्ने पालो, आउने कैले साथी !
    मुना-मदन जस्तै प्रित, लाउने कैले साथी !!

Friday, February 17, 2012

गजल


निम्तो भन्दै बिहे'को कार्ड, थमाएर तिमी गयौ !
बोल्न खोज्यौ तर ओठ, कमाएर तिमी गयौ !!

Thursday, February 16, 2012

धार्मीक विभेदमा परेका १ जोडीको "राज" अनि "नुर"


  • कुमार श्रेष्ठ "यात्री" 
     धार्मीक विभेदमा परेका १ जोडीको कथा "राज" अनि "नुर"को, फुर्सद छ भने पढ्नुहोला !

    फेसबुक नेपाल दर्पण बाट साभार गरिएको हो 
    साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ । म अफिस भित्रैको एउटा क्याबिनमा कम्युटरमा ब्यस्त रहन्थे । तर आज अचानक पत्रिका परेको नजरले अचम्मै बनायो । हुन त मलाइ पनि कहाँ अरबी पढ्न आउथ्यो र ? राजको मोबाइलमा देखेको फोटो को कारणले चिनेको मात्रै हो । मैले प्रतक्ष्य देखेको भने थिइन ? कालो बुर्का { साउदीमा महिलाले लगाउने कालो लुगा } लगाएर यात्रारत हुन्छन् यिनीहरु । रुखले त बरु आफ्नो पात बोक्राले ढाक्दैन तर उनीहरुको शरीरको कुनै ठाँउ पनि ढाक्न बाँकी राख्दैनन् ।राजलाइ झुन्ड्याएर मारिएको महिना दिन नहुँदै नुरको आत्महत्याले म मात्र होइन नुरका परिवार पनि अचम्मित भए होलान् ।

Tuesday, February 14, 2012

गजल


रुझेका ति नयन देख्दा, नाचौ म कसो गरी !
रुवाएर तिमीलाई, बाँचौ म कसो गरी !!