रुझेका ति नयन देख्दा, नाचौ म कसो गरी !
आँखा भरि छल्किएका, मोति दाना देख्दा मैले
गह भरि आँशु पारी, साचौ म कसो गरी !!
खुशी संग बाँच तिमि, फुल भइ सजिएर
कोपिला मै बोटलाई, भाचौ म कसो गरी !!
परिबर्तन सबै देख्छन्, हासी खुशी बोले पनि
बिना रोग सुखी रा'छु, जाचौ म कसो गरी !!
चोट सही बाँची दिन्छु, सिसा सरि सधै-सधै
टुक्रिएको मुटुलाई, गासौ म कसो गरी !!
No comments:
Post a Comment