निम्तो भन्दै बिहे'को कार्ड, थमाएर तिमी गयौ !
बोल्न खोज्यौ तर ओठ, कमाएर तिमी गयौ !!
तिमी संग बिताएका, तिता मिठा पलहरु
क्षण भर् मै एकै ठाउ, जमाएर तिमी गयौ !!
बेहुली झैँ सिङ्गार्या थ्यो, तिम्रो घर आगनीमा
नदेखे झैँ गरि मलाई, रमाएर तिमी गयौ !!
कन्यादान दिए पछी, "गाउँले"ले देख्दा देख्दै
पराईको हात आज, समाएर तिमी गयौ !!
१६/०२/२०१२
No comments:
Post a Comment