कसैको मायामा, ज्युदो लास भैं, मरेको मान्छे म !
पल-पल उन्कै, यादले दिल, हरेको मान्छे म !!
पोखिएर खुशी, बगेर आज, गयो जिन्दगीको
समयको बज्र, मेरो जिबनमा, परेको मान्छे म !!
तिम्रो नजरमा, निर्दोष माया, दोषी मै भए छु !
त्यसैलेसबको, नजरबाट, झरेको मान्छे म !!
कसरी बाँचु म, छुटे'सी साथ, आँशुमा डुबेर
एक्लो पन रोज्दै, क्षितज पारी, तरेको मान्छे म !!
बधाई छ तिम्लाई, बोकाई झोली, आँशुका कोसेली
सधैलाई तिम्रो, यादहरुबाट, सरेको मान्छे म !!
०६/०७/२०१२
No comments:
Post a Comment