Monday, December 24, 2012
एउटा सजाय यस्तो पनि
दीप्स शाह
अग्लिएर चुच्चिएको धूपीको बोटमुनी बसेर एकतमासले गाडीको दोहोरी लत्तो हुइँक्याई नियालिरहेछ मोहन । गाडी त के भन्नु सबै चिल्ला कारैकारको ताँती । सफा फराकिला काला चिल्ला सडकमा धुवाँको नामोनिशाना बिनै मन्द आवाजमा सुलुत्त सुलुत्त चिप्लिरहेका कारहरूको ताँती हेर्दा उसलाई आफ्नै जीवनको अतित र वर्तमान फ्ल्यास्ब्याक भएझैँ लाग्छ । हिसाब गर्छ, परदेशिएको पनि आज ३ बर्ष पूरा भएछ । मोहन एक होनहार विद्यार्थी थियो । एक लायक छोरा थियो र एक जेहेन्दार अनि भद्र आफन्त थियो भलै गरिबीको खास्टो ओढेरै हुर्किएको थियो । तर तक्दिरले कुन्नी काहाँनिर खोट राखिदियो, जिन्दगीले कुन मोडमा पहिरो खसाइदियो । आज ऊ आफैँलाई सोधिरहेछ कि मोहन को हो ? को थियो ? परिस्थितिको
Friday, December 21, 2012
Monday, December 17, 2012
गजल
साथ दिई छाडी जाने, हात सम्झी रोए आज !
विश्वासमा दियौ धोका, घात सम्झी रोए आज !!
मन मिल्यो बस्यो माया, पिरतिको बात संगै
बिताएका मिठा-मिठा, रात सम्झी रोए आज !!
विश्वासमा दियौ धोका, घात सम्झी रोए आज !!
मन मिल्यो बस्यो माया, पिरतिको बात संगै
बिताएका मिठा-मिठा, रात सम्झी रोए आज !!
Friday, December 14, 2012
गजल
के सोच्छु के हुन्छ कस्तो रैछ, टाला जिन्दगी !
यस्तो जीवन के जिउनु, साला जिन्दगी !!
देख्दा सबै भन्छन अचेल, के भो तलाई
पिर नगर यसरि त, जाला जिन्दगी !!
Monday, December 10, 2012
नीला जीवित फर्की
-दीप्स शाह-
मायालु लोग्ने र दुई लालाबाला छोडेर इजरायल उडेदेखी नीलाको आँखा कैयौँ रात बन्द भएनन् त महिनौँ ओभाएनन् पनि। तर बानी शायद निरन्तरताको उपज होला। बिस्तारै अभ्यस्त हुँदै जान थालेकी नीलालाई इजरायलीहरुको यो अङ्गालो मार्दै गाला जोर्ने परम्पराको भूतले कस्तो घाँटी उँट्ठ्याए झैँ हुन्थ्यो। नेपालमा विवाहित महिलाले त्यस प्रकारको स्पर्श भनेको लोग्नेबाट मात्रै अनुभव गर्ने हो।
उमेरसङ्गै बाबा, दाजुभाइहरु पनि स्पर्शित अनुभव र सामिप्यबाट बिस्तारै अलग्गिँदै सूदूर लाग्ने संस्कार बाट आएको नीलाले सुरुसुरुको त्यो अङ्गाले परम्पराबाट आजित भएर नवीनलाई पनि सुनाएकी थिई। नीला भन्दा एक लेभलमाथिको शिक्षा आर्जन गरेको नवीनले निर्धक्क भनेको थ्यो,” ह्या! नीला! तिमी कति ट्राडिस्नल थिन्किङ राख्छौ! त्यस्तो सामान्य कुरामा के नानाभाँती सोचेको त!”
Sunday, December 9, 2012
"21 DEC 2012 मा के संसारको अन्त्य हुन्छ त !!!????? "
के होला त २१ डिसेम्बरको पछी .....!!!??? सबैको मनमा एक किसिमको हलचल मच्ची रहेको हुन सक्छ ! कति सोच्दा हुन मारिने पो को कि ! कोही सोच्दा हुन्, यो सबै झुट हो ! तिल जत्रो कुरालाई फेसबुकको मार्फत पहाड जस्तो बनाई संसार भरी फैलाई रहेका छन् ! बिभिन्न देशका बिसिस्ट व्यक्तिहरुले आफ्ना आफ्ना तर्क पनि दिईएको पाइन्छ ! भने यो बिषयलाई लिएर फिल्म पी निर्माण भएको छ !
केही समय अघि साभारीत समाचार "के होला त २१ डिसेम्बर २०१२ पछी.....!!!?????" तपाइँहरु जति पनि हुनु हुन्छ यो बिषयमा विश्वास गर्ने अनि नगर्ने.... अब समय धेरै बाकि छैन !हामी आफै देख्न र भोग्न सक्ने छौ ! मात्र केही दिन पछी ! तपाइहरुको योजना जे जे छ त्यो सफलताको साथ अघि बढाउदै जानु होला ! अरु भगवानको इच्छा ..................