के सोच्छु के हुन्छ कस्तो रैछ, टाला जिन्दगी !
यस्तो जीवन के जिउनु, साला जिन्दगी !!
देख्दा सबै भन्छन अचेल, के भो तलाई
पिर नगर यसरि त, जाला जिन्दगी !!
रित्तो रित्तो छैन केहि, उ बिनाको जीवन
जन्जिर बीच बाधिएको, ताला जिन्दगी !!
सजिलो छ भन्नलाई, बिर्सी देउ अब
यसरि त पिरै पिरले, खाला जिन्दगी !!
बर्सादको भेल जस्तै, बेहोसीमा हिड्ने
यात्रा बिहिन पानि बग्ने, नाला जिन्दगी !!
No comments:
Post a Comment