Thursday, March 28, 2019

घर देश जस्तो कहा परदेशमा हुन्छ हजुर ।
सम्झिदा ति पल धर धरी मन रुन्छ हजुर ।।

के भन्नु कसो भन्नु,  खुल्ला किताब हु म
जस्ले पढ्छ बुझ्छ,  उस्को मन छुन्छ हजुर ।।



Tuesday, March 19, 2019

समयले छुटाएको हैन यो मन। स्वार्थले छुटिएको हो, तर यो नसोच्नु तिमीले मलाइ भुली दिन्छु भनेर, मुटु बिनाको जिन्दगी कहा सम्भब छ र

एक पागल प्रेमी, यस्तै छु।  यस्तै रहन्छु।  तर माया कहिल्यै मार्ने छैन।  मर्ने छैन।  किन कि तिम्रो नाम खोपको हातको ट्याटु सधै मेरो साथ हुने छ।  साथ नभए पनि हातको सिरानीको साथ हुने छ। यस्तै छु म परिबर्तन हुन सक्दिन।  सक्छौ भने तिमी आफै परिबर्तन भएर मलाइ माया गरेर देखाउ। यो जिन्दगीलाई पुग्ने माया दिएकी छौ ! साथ दिएकी छौ ! यादहरु दिएकी छौ।  तिनै साथ याद र मायामा अल्झिएर बाचुला म। जिन्दगीको सबै इच्छाहरु पुरा भएर बाच्नुमा के मज्जा, जिबन जिउनको लागि एउटा शुन्दर र अविस्मरणीय कारण पनि त चाहिन्छ।  तर यो नसोच्नु तिमीले मलाइ भुली दिन्छु भनेर, मुटु बिनाको जिन्दगी कहा सम्भब छ र......  पुरा पढ्न यहा क्लिक गर्नुहोस्

Monday, March 18, 2019

मन्दिरा, ५ बर्षको सम्बन्ध आज यहि दिनको लागी थियो ???

सायद कसैले पनि आफ्नो जिन्दगी बर्बाद गर्न चाहदैन।  कसैले पनि जिन्दगी खेलौना होस् र खेलौना जस्तै खेल्ने साधनको अपेक्षा राख्दैन।  तर तपाइहरु के सोच्नु हुन्छ !? कसैले तपाइको जिन्दगी माथिका पंक्तीहरु जस्तै बनाइ दियो भने, तपाइँ कल्पना त के सोच्न पनि सक्नु हुन्न  तेस्तो जिन्दगी।  हो आज तेस्तै भएको छ मेरो जिन्दगी। म आज त्यहि जिन्दगीमा ज्युदै मरेर बाची रहेको छु।  कसैको खेलौना बनेर अनि दुनियाको हासोको पात्रो बनेर... पुरा पढ्न यहा क्लिक गर्नुहोस्


Thursday, March 14, 2019

गजल : मेरी आमा

~अभागी कान्छा गाउँले~
मेरो मुटु भनि फोटो, छुदै छिन् कि मेरी आमा !
सम्झिएर हिजो आज, रुदै छिन् कि मेरी आमा !!

कति दु:ख खेप्दै होलिन्, बेहिसीमा कैले-कैले
सम्झी-सम्झी मुर्छा पनि, हुदै छिन् कि मेरी आमा !!

Sunday, March 10, 2019

गजल : झुकाब छ रे आज भोली !

~अभागी कान्छा गाउँले~
सुन्छु म प्रति कसैको, झुकाब छ रे आज भोली !
म बिना उन्को जिबन, अभाब छ रे आज भोली !!

मेरै नाममा मायाले, प्रस्ताब गर्न आगनीमा
फुलाएका थरीथरी, गुलाब छ रे आज भोली !!

Friday, March 8, 2019

गजल : आशु दिने मान्छे तिमी !

~अभागी कान्छा गाउँले~
जिन्दगीमा हाँसो लिई, आशु दिने मान्छे तिमी !
विश्वासमा धोका दीई, आशु दिने मान्छे तिमी !!

निर्दोश ति नजरले, जाली माया बिछ्याएर
देखावटी सँगै जिई, आशु दिने मान्छे तिमी !!

आँखा रसाउने मुक्तक - पर्ख एक दिन तिमीलाई नि रुने बनाउछु ...



Friday, March 1, 2019

गजल : अन्तै डेरा सर्नु भन्दा

~अभागी कान्छा गाउँले~
यता घर सजाएर, अन्तै डेरा सर्नु भन्दा
म नै पहिला मर्नु परोस, तिमी मर्नु भन्दा

पानी भनी जहर पिलाउ, “मन्दी” तिम्रै हातले
छातीमा बसी मुटुमा छुरा, प्रहार गर्नु भन्दा