अन्यायको विरुद्धमा झुक्ने छैन मेरो देश ।
मेटाएर सिमारेखा सुक्ने छैन मेरो देश ॥
उदाउदो सुर्य सँगै गोर्खालीको निसानीमा
एक भएर बैरी सँग चुक्ने छैन मेरो देश ॥
सफा हुन्छ शान्ति हुन्छ नेपालको पहिचान
आए जति पर्यटकले थुक्ने छैन मेरो देश ॥
याद हुन्छ सवैलाई सगरमाथा शिर जस्तै
मेटिएर भुगोलमा लुक्ने छैन मेरो देश ॥
नयाँ बर्ष सुरु भयो प्रगतिको शिर चुम्दै
बिकासमा अघि बढ्छ रुक्ने छैन मेरो देश ॥
२९/१२/२०११
अभागी कान्छा गाउँले
तोपगाछी, झापा
No comments:
Post a Comment