Friday, December 30, 2011

गजल

एउटा फुल हो जिन्दगी फुली आईली झर्नु पर्ने ।
जिउनलाई जिन्दगी यो मालीको भर पर्नु पर्ने ॥



पाईलै पिच्चे काडे डोब बाधाहरु उत्ति थिएँ ।
कति ईच्छा दवाए रै जिउदै बाँच्नु मर्नु पर्ने ॥

लुकाएका तिम्रा पिडा नजरले बोली रा'छन्
मन परेको तिमी तर समाज सँग डर्नु पर्ने ॥

माया दिई मुटु साटी पराईलाई आफ्नै ठानी
तिम्रै आँगन टेकी मैले भयो अब सर्नु पर्ने ॥

नाता टुटाई सिउँदोमा सिन्दुरले भरे पिछ]
छुटिएर तिमीवाट पराई भई तर्नु पर्ने ॥
                                            २१/१२/२०११
       
              अभागी कान्छा गाउँले
               तोपगाछी झापा





No comments:

Post a Comment