Thursday, May 24, 2012

के यो गजल भो ???

तिमिलाई मैले बिर्सिएर, एक्लै कहाँ हाँस्न सक्छु !
दिल तोडेर मुटु फाली, कसरी म बाँच्न सक्छु !!

मेरो दिलको मझेरीमा, बसी कोरा कागजमा
रंगाउदै नाम लेख्यौ, कहाँ माया दाज्न सक्छु !!


बिर्सिएर आफैलाई, खुशी हुन् सक्छु भनि
तिमि भन माया मारी, पराइ माया गास्न सक्छु !!


निर्दोष माया माथि आज, कालो बादल लागे पछी
नयनबाट बर्षे आशु, कसरी म साच्न सक्छु !!


No comments:

Post a Comment