Saturday, May 12, 2012

कम्प्युटर समन्धी एउटा उपयोगी जानकारी

रमाईलो डट कम To fix lost password in Windows XP

 कहिले काहिँ जानीनजानी कुनै पनि कुरा बिर्सिन सक्छ,
 अरुमा त फरक नपर्ला तर तपाईंले आफ्नो कम्प्युटर 
खोल्नको लागि राख्नु भएको password नै बिर्सिनु भयो भने 
चाँही समस्या पर्न सक्छ हैन र


यदि तपाईं password बिर्सेंर आफ्नो कम्प्युटर खोल्न 
समस्यामा पर्नु भएको छ भने तल उल्लेखित केही tips 
को प्रयोग गरेर password लाई हटाउन सक्नु हुन्छ । 

 १)
 जब तपाईं कम्प्युटर स्टार्ट गर्नुहुन्छ त्यती बेला F8 कि 
press गर्नुहोस् ।

 
२)
 तपाईंले boot menu option देख्न सक्नु हुनेछ र त्यहा 
तपाईंले"Safe Mode" लाई छान्नुहोस् ।

 
३) 
जब "Safe Mode" मा जानु हुन्छ तपाईंलाई password
 सोधिने छैन र तपाईंको कम्प्युटर खुल्नेछ ।

 ४)
 कम्प्युटर खुलिसकेपछि run मा जानुहोस् र त्यहा
 nusrmgr.cpl टाईप गर्नुहोस् र Enter गर्नुहोस् ।

 
५)
 windows user account पेज खुल्नेछ । त्यहा तपाईंले
 password protect गर्नु भएको account खोल्नुहोस् र
 password लाई delete गरिदिनुहोस् ।

६) 
अब कम्प्युटरलाई restart गर्नुहोस् , तपाईंको password 
हटिसकेको हुनेछ ।
७)
 अब तपाईंले फेरी आफ्नो कम्प्युटरलाई नयाँ password
 ले protect गर्न सक्नु हुनेछ। 

मीरा थापा ( मीरा संग साहित्यिक भेटघाट ) बाट साभार गरिएको 


No comments:

Post a Comment