कस्ले बुझ्ने प्रेममा,धोका खाइ झर्दाको पिडा ।
सबैको सामु अस्विक्रित,प्रेम-पत्र छर्दाको पिडा ।।
कहाँ भेटिन्छन् सधैं, मान्छेले यहाँ मान्छे सोच्ने
बुझेर किन झार्दैनन आसुँ, अरु मर्दाको पिडा ।।
दुई अन्तरमनको सम्बन्ध, अजम्बरी हुन्छ भन्थे
कस्ले बुझ्ने सानुको सिउदो, अर्कैले भर्दाको पिडा ।।
उनको मेरो जिन्दगी, प्रेम लाभमा, यसरी डुब्यो ।
थाहा भयो जिन्दगी ऐले, एक्लै जिउनु पर्दाको पिडा ।।
०७/१४/२०१०
No comments:
Post a Comment