Monday, October 22, 2012

गजल




भयो तिमीले मेरो सामु, आशु नझारे भो अब !
लाग्छ माया तिम्रो भनि, नक्कल नपारे भो अब !!

खेल्न थाल्यौ यो जीवनमा, न त वार पार गर्यौ !
आदि-आदि बाँचेको छु म, अझै नमारे भो अब !!

अतितका ति दिन सम्झी, दिन रात आशु झर्दा
आँखा छोपी हातले रोक्छु, आशु नबारे भो अब !!

जति घृणा दोब्बर माया, आज पनि उति नै छ !
तिम्रै निम्ति जिउछु माया, अन्तै नसारे भो अब !!

भविष्यका महलहरु, नबनाएका पनि हैनौ !
ढाटी एक्लै बाँच्छु भनि, मलाई नटारे भो अब !!


०१/१६/२०११ 



No comments:

Post a Comment