Friday, October 12, 2012

गजल



ठाडो घाटी बोटल साथी, लिएर नयाँ वर्ष !
उन्कै यादमा मनाउँदैछु, पिएर नयाँ वर्ष !!
गाउँ बस्दा उनी समिप, हुँदाको मजा बेग्लै
उन्को साथ अनि गाउँले, थिए’र नयाँ वर्ष !!

धुजा-धुजा कागज सरी, फाटेको मन आज
प्याक-प्याक लगाउँदैछु, सिएर नयाँ वर्ष !!
बनावटी हाँसो देखाई, बाँच्नु नै जिन्दगी भो
बाँचे पनि ज्यूँदो लास झैँ, जिएर नयाँ वर्ष !!
सबै तिर खुशी छाओस, मेरो त यस्तै छ है
निष्ठुरीको नाममा आज, खिएर नयाँ वर्ष !!
१३/०४/२०१२

No comments:

Post a Comment