कविता
" नेपाल के सानो छ ?"
मेरो देश नेपाल...
के सानो छ ?
म सोची रहेछु !
मरुभूमिको छातीमा बसेर ......
चौ-तर्फी हरियाली, मनमोहक दृश्य
हिमालको फेदीबाट
कल-कल गरी बग्ने
सफा र पारदर्शी पानी....
मेरो बाल्यकाल ....
पानि संगै बग्ने, स-साना गट्टाहरु हेर्दै
कैले, किनारमा जम्मा भएकालाइ यत्र तत्र छर्दै बित्यो !
मेरो देश नेपाल...
के सानो छ ?
म सोची रहेछु !
मरुभूमिको छातीमा बसेर ......
बिहानीको सूर्य उदय संगै,
सेताम्यै फुली रहेका
अग्ला-अग्ला हिमशिखरहरु......
लेकमा फुलेका
लालीगुरास, चम्पा चमेलीहरु....
मुस्कुराउदै लजाए झैँ गरी, झुली रहने अनि,
डाँफे मुनाल आ-आफ्नै तालमा नाची रहने.....
मेरो देश नेपाल...
के सानो छ ?
म सोची रहेछु !
मरुभूमिको छातीमा बसेर ......
आफ्नो नित्य कर्म पुरा गरी
मन्दिरका घण्टा कोहि बजाउदै......
शान्तिका ध्वनी कोहि गुन्जाउदै.......
शंख फुकेर पाठपुजा गर्ने
अनि,
ढाका टोपी शिरमा राखी,
लेक-बेसी कैले धाउने.....
ठाडो भाका भिरमा गाउने......
प्राकृतिक सम्पदाले भरी पूर्ण......
मेरो देश नेपाल...
के सानो छ ?
म सोची रहेछु !
मरुभूमिको छातीमा बसेर ......
त्यसैले.....
अब,
पुर्ब उज्यालो हुदै गर्दा,
मैले मेरो देशको माटो टेक्नु छ !
बिहानी चिसो हावाको झोक्का संगै,
हलो, कुटो अनि कोदालोको साथमा
ममताले भरिएको,
भुटेको मकै र साँधेको गुन्द्रुकको अचार.....
न्यानो आमाको छहारीमा बसी,
पुर्खा देखि चली आएको
आफ्नै पेषा गर्नु छ मैले.......
त्यसैले,
मेरो देश नेपाल...
के सानो छ ?
म सोची रहेछु !
मरुभूमिको छातीमा बसेर ......
तोपगाछी ४, झापा
No comments:
Post a Comment