सावधान † अघि नवढ, त्यहाँ जमिन फुट्न सक्छ ।
अथाहा जथ्थामा कतैवाट, त्यहाँ गोली भुट्न सक्छ ।।

निर्दोश तिम्रा पाईला, विचार गरी अघि वढाउ
बम पड्कि तिम्रो शरीर त, टुक्रा भई छुट्न सक्छ ।।

गिद्धे नजर तिम्रो यौवनमा, धेरै परेका होलान्
होसियार † है चेली तिम्रो, त्यहाँ इज्जत लुट्न सक्छ ।।

तिम्रो भोगाईहरु धेरैछन्, कस्ले बुझ्ने तिम्रो मर्म
साहसको कदर गर्दै, एकतामा को जुट्न सक्छ ।।

११/२७/२००९
No comments:
Post a Comment