पाए सितैमा सोर्ने सबै, हातहरु मानिसका ।
पछि लाउने पख्ख पारी,वातहरु मानिसका ।।
पछि लाउने पख्ख पारी,वातहरु मानिसका ।।
लाग्छ आफैमा कहाँ गयो माधुर्यको कुराहरु
पाए बिचमै छाडी जाने,जातहरु मानिसका ।।
पाए बिचमै छाडी जाने,जातहरु मानिसका ।।
कस्ता रहेछन् रीति अनि, आस्थाहरु प्रकृतिका
आफन्त बिच किन हुन्छ, घातहरु मानिसका ।।
अघि सबैको मिठा वात, आफ्नो काम बाँकी हुदा
छाडी दिन्छन पाए पछि,साथहरु मानिसका ।।
छाडी दिन्छन पाए पछि,साथहरु मानिसका ।।
मार्ने गर्छन कुरा किन, मानिसले मानिसको
देख्छु रगत जता ततै,खातहरु मानिसका ।।
देख्छु रगत जता ततै,खातहरु मानिसका ।।
०३/०५/२०१०
No comments:
Post a Comment