Tuesday, January 31, 2012

गजल


सारा सपना सजाएकी, गाउँमा सानी छ साथी !
धेरै माया गर्ने मलाई, मनकी रानी छ साथी !!

गजल

भाषण दिने नेता’जी’ को, बोलीको के भर छ र !
आजको काम आजै गर, भोलीको के भर छ र !!

गजल


तिम्रो नामको सारा चिठ्ठी , जलाउदै छु आज !
ज्वाला भित्र आफैलाई, गलाउदै छु आज !!

Friday, January 27, 2012

गजलको परिचय र संरचना ( एक छोटो जानकारी )


ईश्वर दाहाल कविजी

नबोदित मोबाइल पुस्ताकलय दोहा कतारले,  कतारको ढाका रेस्टुरेन्टमा मोतीराम भट्टको १४५ औं जन्मदिनको  अबसरमा कतारमा रहेर  साहित्य लेखनमा कलम चलाउनु हुने एक बरिस्ठ सर्जक ईश्वर दाहाल कबि जी ले तयार पर्नु भएको गजलको एक संक्षिप्त रुप, नियम परिचय ईत्यादी ............

साहित्यका अरु विधा जस्तै गजल पनि परापूर्वकाल देखि नै चल्दै आएको विधा हो । गजलको उद्गम स्थल अरबलाई मानिन्छ । अरबी भाषामा ग को अर्थ वाणी,  को अर्थ नारी र अल को अर्थ को वा सँग हुन्छ । गजल नामाकरण कसरी गरियो यसको एउटै उत्तर भेटिदैन तर पनि अर्थ भने प्राय सबैले एकै किसिमको गरेका छन् । गजलको शाब्दिक अर्थ प्रेमिकासँगको कुराकानी, स्त्रीको वाणी, प्रेमिकाका विषयमा कुराकानी, प्रणयवार्ता, यौवना नारीको वर्णन गर्नु, प्रेमको भावना व्यक्त गर्नु आदि हुन्छ । फारसी भाषामा गजलको अर्थ हुन्छ नारीका कुरा । केही विद्वानहरुको तर्किक मान्यता के छ भने गजल फारसी शब्द हो, जसको तात्पर्य हुन्छ प्रणय प्रधान गीत । वास्तवमा गजलको खास अर्थ नै प्रेम हो भन्ने तर्क प्राय सबै विद्वानहरुले राखेका छन ।
नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली शब्दकोशका अनुसार प्रेमका विषयमा शृङ्गार रसका कविता लेखिने एक प्रकारको फारसी वा त्यसै छन्दमा लेखिएको कविता नै गजल हो । उर्दू हिन्दी शब्दकोशका अनुसार प्रेमिकासँग कुराकानी भन्ने अर्थ दिएका छन् । धेरै विद्धानहरुले आफ्नै किसिमले गजलको परिभाषा दिएका भए पनि निष्कर्षमा गजल भनेको प्रेमलाई समेटेर निश्चित लय र तालमा लेखिने काव्य हो भन्ने बुझ्न् सकिन्छ ।  
आज आएर गजल हामी सबैसँग भिजिसकेको विधा हो । वास्तवमा गजल कस्तो हुनुपर्दछ यसमा विद्वानहरुको आ—आफ्नै मान्यता भए पनि साझा मान्यताका रुपमा निम्नकुराहरु अगाडि सारेका छन् । गजल सुकोमल शब्द र ह्दयस्पर्शी भावहरुको अभिव्यक्ति हो । गजलमा थोरै शब्दबाट धेरै, सुक्ष्म तथा गहन विषयवस्तुको प्रस्तुतीकरण हुनु पर्दछ । गजलको एउटै शेर पनि गद्यविधाका कयौ आलेखहरु भन्दा प्रभावकारी हुनु नै यसको विशेषता हो । गजलमा श्रृतिकटु, अश्लिल, दुरुह, क्लिष्ट, अभद्र र अपमान तथा अनादारवाची शब्दहरु मान्य हुँदैनन् । गजलमा गाली पनि मिठो शब्दले गर्न जान्नु पर्दछ । गजल लयवद्ध हुनुपर्दछ र संगीत नै यसको विशेषता हो । प्रत्येक शेरहरु कलापक्षका दृष्टिले पूर्णत स्वतन्त्र र स्वायत्त हुन्छन् साथै गजलमा शिर्षक हुनु हुँदैन शिर्षक राखिन्छ भने त्यो कविता या गीत मात्र बन्दछ गजल हुन सक्दैन । शब्दको कोमलता र अर्थको रोचकतापूर्ण प्रवणशीलता तथा विचित्रता गजलका विशेषता हुन ।

Tuesday, January 17, 2012

गजल


बोटलको जीन्दगी झैँ, बाँच्नुको के मज्जा भो !
फुटी झरी जाने माया, गाँस्नुको के मज्जा भो !!

बिना तिम्रो कल्पना त, दिन रात एकै भनी
मुटु चुडी लाने माया, साँच्नुको के मज्जा भो !!

गजल

एउटा झर्ने अर्को चच्ढ्ने, कालो राजनीति हट्छ कहिले !
छोई सक्नु छैन केही, महङ्गी चाँही घट्छ कहिले !!

बेरोजगारले शिर चुल्यो, युवाहरु मुगलान पसे
हलो जोत्त्ने बृद्धा बा को, मुहार चाँही पढ्छ कहिले !!

गजल

जिताई मलाई, हार्नु थ्यो तिमीलाई !
मायाको जालमा, पार्नु थ्यो तिमीलाई !!

पारेर प्रेममा, मदहोसी गराई
जिउदै जलाई, मार्नु थ्यो तिमीलाई !!

गजल

भाषण दिने नेता’जी’ को, बोलीको के भर छ र !
आजको काम आजै गर, भोलीको के भर छ र !!

गजल

दशैँ बिशेष 


हिक्का-हिक्का सास फेरि, रुकाएर गयो दशैं ।
खाटो बसि सकेको घाउ, उक्काएर गयो दशैं ॥

गजल

क्रान्तिको बिगुल, छरेर के हुन्छ !
सबैको मनलाई, हरेर हे हुन्छ !!

गजल

नजरको छुरा तिमीले, चलाएर पागल भए !
यसै त्यसै यो मनलाई, गलाएर पागल भए !!

गजल

तिहार बिशेष

हाँसो छैन खुशी छैन, पराई भा'को छैन बैनी !
घर फर्की आउने मैले, छुट्टी पा'को छैन बैनी !!

गजल

याद सबै मेटाउनलाई, पिएर जिउछु प्रिय !
फाटेको यो मनलाई फेरी, सिएर जिउछु प्रिय !!

गजल


सिसा भए यो मुटुलाई, फुटाएरै झरी दिन्थे !
प्रेमको खातिर यो ज्यानलाई, लुटाएरै मरी दिन्थे !!

गजल


आँखा डुलाई गजलको, बहरमा खोजि रा'छु !
हराएकी मायालुलाई, सहरमा खोजि रा'छु !!

गजल


बन्द कोठा तिमि र म, कोषको के कुरा भो !
तिमि जवान म उस्तै, जोशको के कुरा भो !!

गजल


 यो मङ्सिर नि गयो भनी, कुरा गर्न थाले !
उमेर गयो “कान्छा” भन्दै, मन हर्न थाले !!

गजल

बिगतका पानाहरु :-

च्यातिएको डायरीबाट 

जिन्दगीको एउटा कथा, लेख्दै थिए आज !
हर अक्षरमा उनैलाई, देख्दै थिए आज !!

गजल

एउटा दुखको क्षण......

रुवाएर सबैलाई, बाटो मोड्यो प्रदेशमा !
आज एउटा नेपालीले, सास छोड्यो प्रदेशमा !!

Monday, January 16, 2012

नेपाली फिल्म "लूट"का पाँच लुटेरा


‘म सँग बैंक लुट्ने  मास्टर  प्लान छ’ –  जब आफ्नो लुटेरा समूह बनाउनको लागि हाकु काले ले नयाँ केटाहरु भेट्छ, उ यही संवाद दोहोर्याउँछ ! नेवारी लवजमा हाकुले यस्तै अन्य संवादहरु दोहोर्याउँदा हलमा हासोँ फैलिन्छ !