यो मङ्सिर नि गयो भनी, कुरा गर्न थाले !
उमेर गयो “कान्छा” भन्दै, मन हर्न थाले !!
हिजो सम्म पल्लो घरको, सानी सानै लाग्थिन्
देख्दा देख्दै पराईले, सिन्दुर भर्न लागे !!
डोली उठ्यो एकै छिन्मा, शुन्य भयो घरमा
लिएर खुशी जन्ती सबले, खोलि तर्न लागे !!
पालो मेरो सबले भेने, सानु मुस्कुराईन
तँ चै कैले गर्ने भनी, सब छेउ पर्न लागे !!
मन परेकी काली पनि, जिद्दी गर्दै भन्छे
म संगैको संगीहरू नि, अन्तै सर्न लागे !!
बिहे गराई मर्छु भनी, वृद्धा हजुर बा
नातिको बिहे गर्न भनी, तराई झर्न लागे !!
०५/१२/२०११
No comments:
Post a Comment