सिसा भए यो मुटुलाई, फुटाएरै झरी दिन्थे !
प्रेमको खातिर यो ज्यानलाई, लुटाएरै मरी दिन्थे !!
मैले दे'को माया तिमीलाई, उस्को भन्दा थोरै भए
संसारको सुख तिमीलाई, उठाएरै भरि दिन्थे !!
मनको सिंहासनमा बसी, राज गरि बाटो मोड्दा
थाहा भए यो दिल सधै, छुटाएरै सरि दिन्थे !!
दुनियालाई छाडी एक्लै, क्षितिज पारि बाटो रोजी
उस्लाई सधै तिम्रै लागि, जुटाएरै तरी दिन्थे !!
०६/११/२०११/
No comments:
Post a Comment