Tuesday, January 17, 2012

गजल

दशैँ बिशेष 


हिक्का-हिक्का सास फेरि, रुकाएर गयो दशैं ।
खाटो बसि सकेको घाउ, उक्काएर गयो दशैं ॥


आटो पिठो छैन् घरमा, सबै मिठो खाने भन्छन् ।
गरिबीको शिर सधै, झुकाएर गयो दशैं ॥

दिन रात खटि रा'छु, चुकाउन ऋणलाई
भाका नाघ्यो साहुलाई, भुकाएर गयो दशैं ॥

धेरै पछि बल्ल-बल्ल, अलिकती खुशि थियौ ।
मुहारको त्यो खुशी नि, सुकाएर गयो दशैं ॥


पोहोर जस्तै यसपाली नि, रित्तो-रित्तो एक्लो बने
आज फेरि यो मनलाई, दुखाएर गयो दशैं ॥

No comments:

Post a Comment