Tuesday, January 17, 2012

गजल

जिताई मलाई, हार्नु थ्यो तिमीलाई !
मायाको जालमा, पार्नु थ्यो तिमीलाई !!

पारेर प्रेममा, मदहोसी गराई
जिउदै जलाई, मार्नु थ्यो तिमीलाई !!


मेटायौ प्यासलाई, योजना बनाइ
नौ डांडा मलाई, तार्नु थ्यो तिमीलाई !!

मायाको तारिफ, बेकार भो अचेल
म बाट त्यो दिल, सार्नु थ्यो तिमीलाई !!

के थाहा अबुझ, अभागी यो कान्छा
बनाई पागल, छाड्नु थ्यो तिमीलाई !!

दुनिया माझमा, गाउँले भनेर
सबको नजरमा, झार्नु थ्यो तिमीलाई !!
                                     १७/१२/२०११

No comments:

Post a Comment