बन्द कोठा तिमि र म, कोषको के कुरा भो !
तिमि जवान म उस्तै, जोशको के कुरा भो !!
कोसौ टाढा भए पनि, नजिक गराई दिने
जवानी नै यस्तै रै’छ, दोषको के कुरा भो !!
चाप हाम्रो बढ्दै गयो, मदहोसी बनेर
बेहोसिमा अघि बढ्यौ, होसको के कुरा भो !!
ईर्ष्या गरी जल्नेहरु, जली रा’छन् अचेल
हामि दुई मिले पछि, रोसको के कुरा भो !!
०४/१२/२०११
No comments:
Post a Comment