क्रान्तिको बिगुल, छरेर के हुन्छ !
सबैको मनलाई, हरेर हे हुन्छ !!
देखाई नृत्य, ताण्डब झैँ सधै-सधै
बन्द र हड्ताल गरेर के हुन्छ !!
नबुझी कुरा, आपसमा झगडा
भाइ-भाइ बिच, लरेर हुन्छ !!
एकोहोरो भेडा, नेपाली जनता
देशकै नाममा, मरेर के हुन्छ !!
बृद्ध बा-आमाको, साहारा थ्यो काले
सहिदमा नाम, परेर के हुन्छ !!
No comments:
Post a Comment