Monday, December 24, 2012
एउटा सजाय यस्तो पनि
दीप्स शाह
अग्लिएर चुच्चिएको धूपीको बोटमुनी बसेर एकतमासले गाडीको दोहोरी लत्तो हुइँक्याई नियालिरहेछ मोहन । गाडी त के भन्नु सबै चिल्ला कारैकारको ताँती । सफा फराकिला काला चिल्ला सडकमा धुवाँको नामोनिशाना बिनै मन्द आवाजमा सुलुत्त सुलुत्त चिप्लिरहेका कारहरूको ताँती हेर्दा उसलाई आफ्नै जीवनको अतित र वर्तमान फ्ल्यास्ब्याक भएझैँ लाग्छ । हिसाब गर्छ, परदेशिएको पनि आज ३ बर्ष पूरा भएछ । मोहन एक होनहार विद्यार्थी थियो । एक लायक छोरा थियो र एक जेहेन्दार अनि भद्र आफन्त थियो भलै गरिबीको खास्टो ओढेरै हुर्किएको थियो । तर तक्दिरले कुन्नी काहाँनिर खोट राखिदियो, जिन्दगीले कुन मोडमा पहिरो खसाइदियो । आज ऊ आफैँलाई सोधिरहेछ कि मोहन को हो ? को थियो ? परिस्थितिको
Friday, December 21, 2012
Monday, December 17, 2012
गजल
साथ दिई छाडी जाने, हात सम्झी रोए आज !
विश्वासमा दियौ धोका, घात सम्झी रोए आज !!
मन मिल्यो बस्यो माया, पिरतिको बात संगै
बिताएका मिठा-मिठा, रात सम्झी रोए आज !!
विश्वासमा दियौ धोका, घात सम्झी रोए आज !!
मन मिल्यो बस्यो माया, पिरतिको बात संगै
बिताएका मिठा-मिठा, रात सम्झी रोए आज !!
Friday, December 14, 2012
गजल
के सोच्छु के हुन्छ कस्तो रैछ, टाला जिन्दगी !
यस्तो जीवन के जिउनु, साला जिन्दगी !!
देख्दा सबै भन्छन अचेल, के भो तलाई
पिर नगर यसरि त, जाला जिन्दगी !!
Monday, December 10, 2012
नीला जीवित फर्की
-दीप्स शाह-
मायालु लोग्ने र दुई लालाबाला छोडेर इजरायल उडेदेखी नीलाको आँखा कैयौँ रात बन्द भएनन् त महिनौँ ओभाएनन् पनि। तर बानी शायद निरन्तरताको उपज होला। बिस्तारै अभ्यस्त हुँदै जान थालेकी नीलालाई इजरायलीहरुको यो अङ्गालो मार्दै गाला जोर्ने परम्पराको भूतले कस्तो घाँटी उँट्ठ्याए झैँ हुन्थ्यो। नेपालमा विवाहित महिलाले त्यस प्रकारको स्पर्श भनेको लोग्नेबाट मात्रै अनुभव गर्ने हो।
उमेरसङ्गै बाबा, दाजुभाइहरु पनि स्पर्शित अनुभव र सामिप्यबाट बिस्तारै अलग्गिँदै सूदूर लाग्ने संस्कार बाट आएको नीलाले सुरुसुरुको त्यो अङ्गाले परम्पराबाट आजित भएर नवीनलाई पनि सुनाएकी थिई। नीला भन्दा एक लेभलमाथिको शिक्षा आर्जन गरेको नवीनले निर्धक्क भनेको थ्यो,” ह्या! नीला! तिमी कति ट्राडिस्नल थिन्किङ राख्छौ! त्यस्तो सामान्य कुरामा के नानाभाँती सोचेको त!”
Sunday, December 9, 2012
"21 DEC 2012 मा के संसारको अन्त्य हुन्छ त !!!????? "
के होला त २१ डिसेम्बरको पछी .....!!!??? सबैको मनमा एक किसिमको हलचल मच्ची रहेको हुन सक्छ ! कति सोच्दा हुन मारिने पो को कि ! कोही सोच्दा हुन्, यो सबै झुट हो ! तिल जत्रो कुरालाई फेसबुकको मार्फत पहाड जस्तो बनाई संसार भरी फैलाई रहेका छन् ! बिभिन्न देशका बिसिस्ट व्यक्तिहरुले आफ्ना आफ्ना तर्क पनि दिईएको पाइन्छ ! भने यो बिषयलाई लिएर फिल्म पी निर्माण भएको छ !
केही समय अघि साभारीत समाचार "के होला त २१ डिसेम्बर २०१२ पछी.....!!!?????" तपाइँहरु जति पनि हुनु हुन्छ यो बिषयमा विश्वास गर्ने अनि नगर्ने.... अब समय धेरै बाकि छैन !हामी आफै देख्न र भोग्न सक्ने छौ ! मात्र केही दिन पछी ! तपाइहरुको योजना जे जे छ त्यो सफलताको साथ अघि बढाउदै जानु होला ! अरु भगवानको इच्छा ..................
मायाँ सभ्यताको थलोबाट २१ डिसेम्बरबारे नेपालीको अनुभव
Friday, November 2, 2012
Monday, October 29, 2012
गजल
आज मेरो एउटा यस्तो, दिल दुखेको गजल लेख्छु !
छाती भित्र पिरतीको, ब्यथा लुकेको गजल लेख्छु !!
छाती भित्र पिरतीको, ब्यथा लुकेको गजल लेख्छु !!
मेरो घरको आगन टेकी, जन्ति आइ खुशी लुट्दा
हिक्का हिक्का आज मेरो,सास रुकेको गजल लेख्छु !!
हिक्का हिक्का आज मेरो,सास रुकेको गजल लेख्छु !!
Friday, October 26, 2012
गजल
बाँचे भने अर्को साल, फर्की आउँछु गाममा आमा ।
मरें भने धागो बाँधी, तार आउला खाममा आमा ।।
मरें भने धागो बाँधी, तार आउला खाममा आमा ।।
फुलाई रा’छु फूलहरु, बालुवामा थरि– थरि
कसले बुझ्ने पिर ब्यथा, पराई यो ठाममा आमा ।।
कसले बुझ्ने पिर ब्यथा, पराई यो ठाममा आमा ।।
Thursday, October 25, 2012
गजल
पाए सितैमा सोर्ने सबै, हातहरु मानिसका ।
पछि लाउने पख्ख पारी,वातहरु मानिसका ।।
पछि लाउने पख्ख पारी,वातहरु मानिसका ।।
लाग्छ आफैमा कहाँ गयो माधुर्यको कुराहरु
पाए बिचमै छाडी जाने,जातहरु मानिसका ।।
पाए बिचमै छाडी जाने,जातहरु मानिसका ।।
Wednesday, October 24, 2012
गजल
प्रदेशीए बा-आमाको, भर अझै उस्तै होला !
दशैँ आयो भत्किएको, घर अझै उस्तै होला !!
कमाएर नयाँ छाना, फेर्छु भन्थे यो दशैमा
बर्षादमा पानी चुने, खर अझै उस्तै होला !!
Monday, October 22, 2012
गजल
भयो तिमीले मेरो सामु, आशु नझारे भो अब !
लाग्छ माया तिम्रो भनि, नक्कल नपारे भो अब !!
खेल्न थाल्यौ यो जीवनमा, न त वार पार गर्यौ !
आदि-आदि बाँचेको छु म, अझै नमारे भो अब !!
लाग्छ माया तिम्रो भनि, नक्कल नपारे भो अब !!
खेल्न थाल्यौ यो जीवनमा, न त वार पार गर्यौ !
आदि-आदि बाँचेको छु म, अझै नमारे भो अब !!
Sunday, October 21, 2012
गजल
मनो मानी गरी गयौ, माया फाटे पछि आयौ ।
मेरो माया अर्कै संग, सधै साटे पछि आयौ ।
मेरो साथ सधै सधै, संगै यात्रा गर्छु भन्थ्यौ,
भुलि गयौ अर्कै संग, माया बाटे पछि आयौ ।
Friday, October 19, 2012
गजल
तिमी खुशी हुन्छौ भने, हाँस्दै बिदा दिउँला म !
खुशी सबै दीई तिमीलाई, दु:ख सबै लिउँला म !!
खुशी सबै दीई तिमीलाई, दु:ख सबै लिउँला म !!
भित्री मन रोए पनि, आँशुले अधर धोए पनि
खुशी भई बाँच तिमी, मुटु जलाई जिउँला म !!
खुशी भई बाँच तिमी, मुटु जलाई जिउँला म !!
Thursday, October 18, 2012
गजल
हाँसो छैन खुशी छैन, पराई भा’को छैन बैनी !
घर फर्की आउने मैले, छुट्टी पा’को छैन बैनी !!
घर फर्की आउने मैले, छुट्टी पा’को छैन बैनी !!
मझेरीमा बसी सधैं, मेरै बाटो हेर्दै हौली
यो बर्ष नि अभागी कान्छा, फर्की आ’को छैन बैनी !!
यो बर्ष नि अभागी कान्छा, फर्की आ’को छैन बैनी !!
Tuesday, October 16, 2012
गजल
जिन्दगीमा हाँसो लिई, आँशु दिने मान्छे तिमी !
विश्वासमा धोका दिई, आँशु दिने मान्छे तिमी !!
विश्वासमा धोका दिई, आँशु दिने मान्छे तिमी !!
निर्दोष ती नजरले, जाली माया बिछ्याएर
देखावटी सँगै जिई, आँशु दिने मान्छे तिमी !!
देखावटी सँगै जिई, आँशु दिने मान्छे तिमी !!
Friday, October 12, 2012
के यो गजल भो ???
सावधान † अघि नवढ, त्यहाँ जमिन फुट्न सक्छ ।
अथाहा जथ्थामा कतैवाट, त्यहाँ गोली भुट्न सक्छ ।।
अथाहा जथ्थामा कतैवाट, त्यहाँ गोली भुट्न सक्छ ।।
राजनीतिका किराहरु, सलवलाई रहेकाछन्
विचार गरेर अघि बढ, तिम्रो लक्ष्य चुक्न सक्छ ।।
विचार गरेर अघि बढ, तिम्रो लक्ष्य चुक्न सक्छ ।।
गजल
ठाडो घाटी बोटल साथी, लिएर नयाँ वर्ष !
उन्कै यादमा मनाउँदैछु, पिएर नयाँ वर्ष !!
उन्कै यादमा मनाउँदैछु, पिएर नयाँ वर्ष !!
गाउँ बस्दा उनी समिप, हुँदाको मजा बेग्लै
उन्को साथ अनि गाउँले, थिए’र नयाँ वर्ष !!
उन्को साथ अनि गाउँले, थिए’र नयाँ वर्ष !!
Thursday, October 11, 2012
गजल
रेटेर पो के गर्छौ र, मरेको मान्छे हुँ म ।
दुनियाँको नजरबाट, झरेको मान्छे हुँ म ।।
दुनियाँको नजरबाट, झरेको मान्छे हुँ म ।।
गन्तब्य विहीन यात्री झैं, क्षितीजपारी एक्लै
आँसु पिई सात समुन्द्र, तरेको मान्छे हुँ म ।।
आँसु पिई सात समुन्द्र, तरेको मान्छे हुँ म ।।
गजल
कस्ले बुझ्ने प्रेममा,धोका खाइ झर्दाको पिडा ।
सबैको सामु अस्विक्रित,प्रेम-पत्र छर्दाको पिडा ।।
कहाँ भेटिन्छन् सधैं, मान्छेले यहाँ मान्छे सोच्ने
बुझेर किन झार्दैनन आसुँ, अरु मर्दाको पिडा ।।
Wednesday, October 10, 2012
गजल
मनो मानी गरी गयौ, माया फाटे पछि आयौ ।
मेरो माया अर्कै संग, सधै साटे पछि आयौ ।
मेरो साथ सधै सधै, संगै यात्रा गर्छु भन्थ्यौ,
भुलि गयौ अर्कै संग, माया बाटे पछि आयौ ।
Monday, October 8, 2012
कविता
कविता
" नेपाल के सानो छ ?"
मेरो देश नेपाल...
के सानो छ ?
म सोची रहेछु !
मरुभूमिको छातीमा बसेर ......
चौ-तर्फी हरियाली, मनमोहक दृश्य
हिमालको फेदीबाट
कल-कल गरी बग्ने
सफा र पारदर्शी पानी....
मेरो बाल्यकाल ....
पानि संगै बग्ने, स-साना गट्टाहरु हेर्दै
कैले, किनारमा जम्मा भएकालाइ यत्र तत्र छर्दै बित्यो !
त्यसैले,
गजल
जाली माया गरी आज, अन्तै माया जोडे पनि !
माया गर्छु आँखा तरी, बाटो अन्तै मोडे पनि !!
मेरो मन्को बगैचामा, पलाएका मुनालाई
माया मारी सधैलाई, पराइ कै गोडे पनि !!
माया गर्छु आँखा तरी, बाटो अन्तै मोडे पनि !!
मेरो मन्को बगैचामा, पलाएका मुनालाई
माया मारी सधैलाई, पराइ कै गोडे पनि !!
Sunday, October 7, 2012
Friday, October 5, 2012
गजल
गजल
दुइ आत्माको मिलानमा, झेल हुन्छ कैले साथी !
चोखो माया पनि किन, खेल हुन्छ कैले साथी !!
याद किन यति धेरै, छाडी जाने निष्ठुरीको
आँशु बर्षी आँखा भरि, भेल हुन्छ कैले साथी !!
Sunday, September 23, 2012
Friday, August 31, 2012
Tuesday, August 28, 2012
नेपाली फिल्म "म बिर्सु कसरी " हेर्नुस !
नेपाली फिल्म " म बिर्सु कसरी " भाग- २
Tuesday, August 21, 2012
कम्प्युटर स्लो भए, फास्ट बनाउने तरिका
दैनिक जीवनमा कम्प्युटर प्रयोग गर्ने सबै साथीहरुलाई Start-upapplicationsअर्थात कम्प्युटर खोल्नासाथ अटोमेटीक रुपमा आफैँ खुल्ने applications जस्तैः Yahoo messengers, Windows messengers, कुनै Media player etc को बारेमा पक्का पनि केही न केही ज्ञान अवश्य रहेको हुन्छ । यस्ता applications हरु प्रत्येक चोटी कम्प्युटर खुल्दा आफैँ खुल्ने हुदाँ कम्प्युटर खुल्नलाई केही बढि नै समय लाग्ने तथा प्रत्येक चोटी बन्द गर्नुपर्ने हुदाँ झन्झटिलो हुन्छ । साथीहरुको यही समस्यालाई ध्यानमा राखी मैले हजुरहरुलाई एउटा सजिलो उपाय बताउन गइरहेका छौँ, जसको प्रयोग ले (Start-up applications बाट मुक्ति दिलाउने छ । जसको लागि
२. त्यसपछि चित्रमा देखाएझै Run Boxमा msconfig टाइप गर्नुहोश र enter press गर्नुहोश ।
Tuesday, August 14, 2012
कथा
ऊ
आएर खुत्रुक्क मेरो मोटरबाइकको पछाडि बस्छे । कतै छोइएलाझै, बडो सतर्कताका
साथ दुवै खुट्टा यौटै साइडमा राखेर बस्छे, परम्परागत महिलाझैँ । पहेँलो
साडीमा गुलाबी रङका बुट्टा कुँदिएका छन् । शरीरबाट अत्तरको कडा बास्ना
प्रसारित भइरहेको छ । नाकै हरक्क गर्छ मेरो । तर उसको अनुहारतिर म त्यति
ध्यान दिन्नँ । ठीकसित उसको शरीरलाई नियाल्न पनि मन लाग्दैन । गम्ल्याङ्ग
मेरो शरीरलाई आफ्नो हातले बेरेकी भए उसको उपस्थितिको अझ अर्को एउटा सबभन्दा
बलियो प्रमाण हुन सक्थ्यो तर त्यसो हुन सक्तैन । अनुमान गरेरै निर्धक्क भई
मैले उसको उपस्थितिलाई छाम्नुपर्ने बाध्यता छ । फर्केर पछाडि हेरे पनि
हुँदो हो तर मभित्रको पौरुष अहम्ले, कमसे कम तत्कालीन परिस्थितिहरूको
स्थितिबोध गरेकाले त्यसो गर्न दिँदैन । मैले आंशिक नेत्रहीनताको अभिनय
गर्नैपर्छ ।
ऊ मेरी स्वास्नी हो । ऊ त्यही स्वास्नी हो जसलाई मैले
सात महिना अगाडि साढे दुई लाख रुपियाँ नगद उडाएर झ्याइँझ्याइँ बाजा
बजाउँदै भित्र्याएको थिएँ । परम्परागत शैलीमा परिवारका सबैले उसलाई लक्ष्मी
भनेका थिए । ‘लक्ष्मी’ को यथेष्ट व्यय हुने भएकोले कुलवधुलाई लक्ष्मी
भनिएको हुनुपर्छ । ऊ मेरी त्यही स्वास्नी हो जसलाई आमा ‘बुहारी’ भनेर
बोलाउनुहुन्छ र बहिनी ‘भाउजू’ भन्छे ।
Friday, July 6, 2012
गजल
कसैको मायामा, ज्युदो लास भैं, मरेको मान्छे म !
पल-पल उन्कै, यादले दिल, हरेको मान्छे म !!
पोखिएर खुशी, बगेर आज, गयो जिन्दगीको
समयको बज्र, मेरो जिबनमा, परेको मान्छे म !!
Friday, June 22, 2012
गजल
देखाएर हुन्न माया, मनबाट हुन्छ प्रिय !
नबोले'नि मायालुको, मन्को कुरा सुन्छ प्रिय !!
मेरै कोरा कागजमा, माया लेख्न न सके नि
प्रतिक्षामा बस्दै गर, हजारौले चुन्छ प्रिय !!
नबोले'नि मायालुको, मन्को कुरा सुन्छ प्रिय !!
मेरै कोरा कागजमा, माया लेख्न न सके नि
प्रतिक्षामा बस्दै गर, हजारौले चुन्छ प्रिय !!
Tuesday, June 19, 2012
म मरिजाऊँ लेख्न त छोड्दै छोड्दिन ! !! !!!
सुजन संयोगी
हो बुझेको छु मैले , हो बुझेको छु मैले कलम तरवार भन्दा पनि बलियो हुन्छ ।
बन्दुकको नालबाट पड्कने त्यो गोली भन्दा पनि कैयौं गुणा तेज हुन्छ ।
गोलीले त कसैको प्राण लिन्छ तर कलम'ले धेरैको प्राण'लाई बचाईदिन्छ ।
कलममा मानिसलाई सुख दु:ख मा साथ दिने अथाह तागत छ जुन अरुमा छैन ।
खुशिमा हसाउँछ यो ,
दु:ख को कुरामा रुहाउँछ पनि ।
मायाँ र प्रेम भर्खर सिक्दै गरेका नयाँ चखेवा जोडीहरूलाई मायाँको परिभाषा सिकाउँछ यो ।
साँच्चै भन्ने हो भने ,
कलममा देशलाई नै सत्मार्गमा डोर्याउँन सक्ने खुबी छ ।
Friday, June 15, 2012
Thursday, June 14, 2012
Wednesday, June 13, 2012
गजल
निर्देशकलाई हात लिए, मैले के बिराए !
कथाले मागेको दिए, मैले के बिराए !!
रंग मंचको दुनियामा, अघि बढ्नलाई
पार्टीमा एक प्याक पिए, मैले के बिराए !!
Monday, May 28, 2012
Sunday, May 27, 2012
Thursday, May 24, 2012
Tuesday, May 22, 2012
Friday, May 18, 2012
बहुमुखी प्रतिभाको धनी बालक
{ सायद ओझेलमा परेका हुनु पर्छ ! म साना गायक भन्न रुचाउछु ! बहुमुखी प्रतिभाको धनी छन् यी बालक, बेलैमा नजिकको मान्छेको नजर परेमा भोलिको दिनमा केहि बन्ने छन् पक्कै पनि... }
प्रतिभाको धनी तिम्रो, कलालाई सलाम !
अभागीको पनि तिम्रो, कलालाई सलाम !!
Tuesday, May 15, 2012
गजल
आधा बाटो हिडे पछी, माया गर्ने मनहरु !
उस्को पनि मनै त हो, दुख्छ बुझी राख जैले
बाटो मोडी साथ छोडी, डाडाँ तर्ने मनहरु !!
उस्को पनि मनै त हो, दुख्छ बुझी राख जैले
देखावटी झुटो प्रेम, सधै छर्ने मनहरु !!
Saturday, May 12, 2012
कम्प्युटर समन्धी एउटा उपयोगी जानकारी
रमाईलो डट कम To fix lost password in Windows XP
कहिले काहिँ जानीनजानी कुनै पनि कुरा बिर्सिन सक्छ,
अरुमा त फरक नपर्ला तर तपाईंले आफ्नो कम्प्युटर
खोल्नको लागि राख्नु भएको password नै बिर्सिनु भयो भने
चाँही समस्या पर्न सक्छ हैन र ?
अरुमा त फरक नपर्ला तर तपाईंले आफ्नो कम्प्युटर
खोल्नको लागि राख्नु भएको password नै बिर्सिनु भयो भने
चाँही समस्या पर्न सक्छ हैन र ?
Friday, May 4, 2012
Sunday, April 29, 2012
रुवाई बारे थप जानकारी
-प्रकाश आङ्देम्बे
रुबाईको पुर्वअवस्था :-
रुबाइ(एकबचन), रुबाइयात(बहुवचन) फारषीभाषाको लोक लय भएता पनि यसलाई मलजल र अग्लो सृजनात्मकता दिने काम उमर खैयामले गरे। रुबाइको अध्यन गर्दा उमर खैयामलाई अध्यय्न नगरी पूर्णता पाउन सक्तैन। गणितिज्ञ, ज्योतिषविद, खगोलशास्त्री, दार्शनिक, वातावरणविद्, भूगोलविद्, इन्जिनियर, संगीतज्ञ, खनिजविद्, बातावरणविद, कवि आदि विविध विधाका महान प्रतिभा हुन उमर खैयाम (पर्सियन सन्१०३८–११३१)। उनको पूरा नाम Ghiyath al-Din Abu'l-Fath 'Umar ibn Ibrahim Al-Nishapuri al-Khayyami हो आजभन्दा लगभग हजार वर्ष(हालको इरान) पहिले निशापुरमा जन्मिएका। उनको बाल्यकाल बाल्ख (हाल अफगानिस्तानको उत्तरी भूभाग) मा वितेको थियो भने खैयामले समरकन्ड(हालको कायरो र बगदाद) मा शिक्षा हासिल गरेका थिए। उनले विशेष (गणितमा) अलजेब्राको आधुनिकिकरण र आधुनिक क्यालेन्डरको स्थापना गरेका थिए। आफ्नो समयअवस्थामा उनलाई संसारको दार्शनिक भनेर पनि उल्लेख गरिएको पाइन्छ।
Saturday, April 28, 2012
झमक चर्चाको शिखरमा, लक्ष्मी डायरीमै सीमित ( भिडियो सहित )
सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
खुट्टाले लेखेकै कारण धनकुटाकी झमक घिमिरेको सर्वत्र चर्चा भयो । उनी अहिले पनि चर्चाको शिखरमा छिन् तर यस्तै प्रतिभाकी धनी सुनसरीकी एक युवतीको प्रतिभा भने डायरीमै सीमित हुन पुगेको छ। धनकुटाकी झमक घिमिरे खुट्टाले लेखेर मदन पुरस्कार जित्न सफल भइन् उनको प्रतिभाको अहिले सर्वत्र चर्चा छ। यस्तै प्रतिभाकी धनी सुनसरी जिल्लाको पाँच कन्या गाविसमा जन्मिएकी एक युवतीले तीन दर्जन भन्दा बढी कथा, कविता र गजल खुट्टाले कोरेकी छन। तर प्रचारप्रसार र मौकाको अभावमा उनका सिर्जना डायरीमै सीमित छन्।
Friday, April 27, 2012
Thursday, April 26, 2012
टिपन टापन
* "के होला त २१ डिसेम्वर २०१२ पछि !!!?"
हिन्दु धर्म अनुसार कलियुगको समाप्ती पश्चात प्रलय हुन्छ, जसमा पुरै दुनिया ध्वस्त हुनेछ । यस्तै प्रकारको एक भविष्यवाणी गरिएको छ । जहा २१ डिसेम्वर २०१२ मा संसार ध्वस्त हुन्छ भनिएको छ । यस्तो भविष्यवाणी प्राचिन समयको माया क्यालेण्डर अनुसार भएको हो । उक्त दिन संसारमा कुनै पनि किसिमको बिपत्ति आउन सक्ने अडकल बाजी गरिदै आएको छ ।
Friday, April 20, 2012
Friday, April 13, 2012
Tuesday, April 10, 2012
Friday, April 6, 2012
Wednesday, April 4, 2012
Thursday, March 29, 2012
गजल
जिन्दगीमा हाँसो लिई, आशु दिने मान्छे तिमी !
विश्वासमा धोका दीई, आशु दिने मान्छे तिमी !!
निर्दोश ति नजरले, जाली माया बिछ्याएर
देखावटी सँगै जिई, आशु दिने मान्छे तिमी !!
Tuesday, March 27, 2012
गजल
मेरो मुटु भनि फोटो, छुदै छिन् कि मेरी आमा !
सम्झिएर हिजो आज, रुदै छिन् कि मेरी आमा !!
कति दु:ख खेप्दै होलिन्, बेहिसिमा कैले-कैले
सम्झी-सम्झी मुर्छा पनि, हुदै छिन् कि मेरी आमा !!
Thursday, March 22, 2012
Tuesday, March 20, 2012
Friday, March 16, 2012
गजल
गरीबको झुपडिमा,ओत लाग्ने छाना छैन !
ढुङ्गा गीटी कती कुटौ,छाक टार्ने माना छैन !!
कत्ती दु:ख गरौ दैब, आधा रोटी खाइ सधैं
जाडो गर्मी छेक्ने कुनै, आङ ढाक्ने नाना छैन !!
Sunday, March 11, 2012
यस्तै भयो भने.......
आज पनि मलाई त्यो दिन राम्ररी याद छ, जुन बेला म नेपालको कुनै एक भागमा थिएँ, बेलुकीपख चारैतर्फ सुन्यसुन्य लाग्थ्यो । तर पनि त्यो सुन्यता अनि रमणिय वातावरणलाई पर्दाफास गर्दै छितिजपारी जस्तो लाग्ने झ्याउँकिरिका बिभिन्न किसिमका संगीतमय आवाजहरु कताकता गुन्जिरहेको थियो ।
चारैतिर अन्धकार, माथि आकासमा जुनाकिरि जस्तै धिपधिप – धिपधिप गरि ताराहरु चम्किरहेका थिए । लाग्थ्यो, सुनसान कोही नभएको जस्तो । बिस्तारैबिस्तारै हेर्दाहेर्दै सबैतिर झिलिमिली बत्तीका लहरहरु सबैका घरमा, अँध्यारोपनलाई हटाउँदै प्रकासका किरणहरु चारैतिर देखिन थाले । बत्तीका लहरसँगै क्रमिक रुपमा टाढाटाढाबाट “भैली राम” का स्वरहरु पनि गुञ्जिन थाले ।
चारैतिर अन्धकार, माथि आकासमा जुनाकिरि जस्तै धिपधिप – धिपधिप गरि ताराहरु चम्किरहेका थिए । लाग्थ्यो, सुनसान कोही नभएको जस्तो । बिस्तारैबिस्तारै हेर्दाहेर्दै सबैतिर झिलिमिली बत्तीका लहरहरु सबैका घरमा, अँध्यारोपनलाई हटाउँदै प्रकासका किरणहरु चारैतिर देखिन थाले । बत्तीका लहरसँगै क्रमिक रुपमा टाढाटाढाबाट “भैली राम” का स्वरहरु पनि गुञ्जिन थाले ।
Friday, March 9, 2012
गजल
एकै छिन्मा बस्मा पार्ने, बात कस्तो नारीको !
साथ दिन्छु सधै भन्ने, हात कस्तो नारीकी !!
नारी बिना जिन्दगी त, हुन्छ बिना नुन्को रे
कल्पनामा एक्लै बित्ने, रात कस्तो नारीकी !!
साथ दिन्छु सधै भन्ने, हात कस्तो नारीकी !!
नारी बिना जिन्दगी त, हुन्छ बिना नुन्को रे
कल्पनामा एक्लै बित्ने, रात कस्तो नारीकी !!
गजल
कसरी म गरौ बयान, स्वर्ग बाटै झरे जस्ती !
अप्सरा झैँ कति शुन्दर, रुप रंग सरे जस्ती !!
एक झल्को देख्दा उन्लाई, मरी हत्ते गर्ने धेरै
संसारमा उन्लाई मात्र, त्यस्तो सृष्टि गरे जस्ती !!
अप्सरा झैँ कति शुन्दर, रुप रंग सरे जस्ती !!
एक झल्को देख्दा उन्लाई, मरी हत्ते गर्ने धेरै
संसारमा उन्लाई मात्र, त्यस्तो सृष्टि गरे जस्ती !!
Tuesday, March 6, 2012
गजल र यसका केहि सिदान्त -{ भाग एक }
‘गजल’ त्यो साहित्यिक विधा हो, जुन गायन कला सँग अती घनिष्ठ सम्बन्ध राख्दै लयवद्ध,सरल र प्रतिकात्मक रुपमा मतला,शेर,काफिया,रदिफ,मकता,तखल्लुस र बहर जस्ता तत्वहरु प्रयोग गर्दै aa, ba, ca, da, ea शैलिमा लेखिन्छ।
गजल शव्दको अर्थ र ईतिहासकोबारेमा बिभिन्न विद्वानहरुले आ-आफ्नै तरिकाले मत दिएका भएपनी गजलमा हुनुपर्ने मुलभूत तत्वहरुमा भने त्यती धेरै मतभिन्नता पाइन्न।
यहाँ हाम्रो पाठकहरु लगायत गजल सृजनामा पाइला टेक्दै गर्नु भएका नव आगन्तुक पाठकहरुको लागि उपयुक्त हुने हेतुले गजलका तत्वहरु बारे केही चर्चा गर्ने जमर्को गरेको छु।
गजलका तत्वहरु
(क) शेर
(ख) काफिया
(ग) रदिफ
(घ) मतला
(ङ) मकता
(च) तखल्लुस
(छ) वहर
गजल र यसका केहि सिदान्त- { भाग दुई }
............................................
२९, बहरे हजज मुसम्मन् अस्तर
सूत्र – फाइलुन् + मफाईलुन् + फाइलुन् + मफाईलुन्
ऽ।ऽ ।ऽऽऽ ऽ।ऽ ।ऽऽऽ
पीर औ व्यथा मेरो सुक्खमा भुलाएछौ
निष्ठुरी भएकी छौ प्रेम नै जलाएछौ । – हुसैन खाँ
३०, बहरे हजज मुसम्मन् अखरब मक्बूज
सूत्र – मफ्ऊलु + मुफाइलुन् + मफ्ऊलु + मफाइलुन्
ऽऽ। ।ऽ।ऽ ऽऽ। ।ऽ।ऽ
बग्छन् जब आँसु आँखाबाट ‘ हुसैन’ का
पीडा र व्यथा सबै सोरेर बगाउछन् । – पल्लव साहित्यिक पत्रिका- १३
३१, बहरे हजज मुसम्मन् अस्तर मक्बूज पिङ्गल छन्द – चामर/तूणक
सूत्र – फाइलुन् + मुफाइलुन् + मुफाइलुन् + मुफाइलुन्
ऽ।ऽ ।ऽ।ऽ ।ऽ।ऽ ।ऽ।ऽ
गजलको सैद्धान्तिक परिचय गजलका तत्व र तिनीहरुको सङ्क्षिप्त अध्ययन
अरबिक माटोमा जन्मिएर हिन्दी उर्दु भाषा हुँदै भित्रिएको गजल विधाले नेपाली माटोमा आज एउटा लामो कालखण्ड विताइसकेको छ । दसौ शताव्दीमै इरानी अन्धा कवी रौदकी [अबु अब्द अल्लाह सफर इब्न मुहम्बत]ले जन्माएको विस्वास गरिएको यो विधा अरबी, फारसी, टर्केली, अंग्रेजी तथा अन्य भाषामा पनि प्रयोग हुँदै आएको छ । झन यसले हिन्दी साहित्यमा त ठूलो स्थान ओगट्न सफल देखिन्छ । अन्य विधाको तुलनामा अग्रणी देखिन्छ । गायन तथा वाँचन दुवै दृष्टिकोणमा यो एक शसक्त विधाको रुपमा देखा परेको छ । पछिल्लो समयमा आएर यो विधाले नेपाली माटोमा पनि आफ्नो दरिलो उपस्थिती जनाइसकेको छ । अर्थात आफ्नो गतिलो प्रभाव जमाइसकेको छ । यो झन झन झांगिदो छ । फक्रदो र फुल्दो अवस्थामा छ ।
जीवन र जगतबाट प्राप्त अनुभव र अनुभूतिलाई्र कोमल हार्दिक र कलात्मक रुपमा प्रस्तुत गर्न सफल यो काव्यिक विधाले नेपाली साहित्यमा गायन र वाचन दुवै आधारमा आफ्नो प्रभाव छाड्दै एउटा छुट्टै छितिज निर्माणको यात्रामा पाइलाहरु अनवरत रुपमा अगाडि वढाइरहेको देखिन्छ ।
Sunday, March 4, 2012
नेपाली गजलमा छन्द (बहरको) प्रयोग
(- santosh spandan द्वारा साभार )
गजल नेपाली साहित्यमा सर्बाधिक लोकप्रिय विधा स्थापित भैसकेको छ |गजल सम्बन्धि नियम जानेर या नजानेर गजलको सिर्जना गर्ने गजलकारको संख्या दिनानुदिन बढ्दो छ | बिभिन्न संचार माध्यमबाट गजलका नियमबारे सूचना साथै गोष्ठी , संगठन समारोह जस्ता बिभिन्न क्रियाकलापको प्रक्रिया पनि दिन प्रतिदिन बढ्दै गैरहेको छ |तिनै संचारका माध्यमबाट डा. कृष्णहरी बराल, मनु ब्राजाकीका अन्तरबार्ताहरु सुनेका पनि छौ | उहाहरु भन्नुहुन्छ गजललाई बहरमा लेखिएन भने कविता हुन्छ | यस्तो सिर्जनालाई गजल नभनिकन गजलको स्वरुपमा लेखिएको कविता भन्नु उपुक्त हुने उहाहरुको भनाइ छ |
गजल नेपाली साहित्यमा सर्बाधिक लोकप्रिय विधा स्थापित भैसकेको छ |गजल सम्बन्धि नियम जानेर या नजानेर गजलको सिर्जना गर्ने गजलकारको संख्या दिनानुदिन बढ्दो छ | बिभिन्न संचार माध्यमबाट गजलका नियमबारे सूचना साथै गोष्ठी , संगठन समारोह जस्ता बिभिन्न क्रियाकलापको प्रक्रिया पनि दिन प्रतिदिन बढ्दै गैरहेको छ |तिनै संचारका माध्यमबाट डा. कृष्णहरी बराल, मनु ब्राजाकीका अन्तरबार्ताहरु सुनेका पनि छौ | उहाहरु भन्नुहुन्छ गजललाई बहरमा लेखिएन भने कविता हुन्छ | यस्तो सिर्जनालाई गजल नभनिकन गजलको स्वरुपमा लेखिएको कविता भन्नु उपुक्त हुने उहाहरुको भनाइ छ |
Friday, March 2, 2012
गजल
अभागी कान्छा गाउले
मेरो माया तिम्ले अचेल, मारेर पो के हुन्छ र !
दिल्को बाटो काँडे तारले, बारेर पो के हुन्छ र !!
Friday, February 24, 2012
Tuesday, February 21, 2012
Friday, February 17, 2012
Thursday, February 16, 2012
धार्मीक विभेदमा परेका १ जोडीको "राज" अनि "नुर"
कुमार श्रेष्ठ "यात्री"
धार्मीक विभेदमा परेका १ जोडीको कथा "राज" अनि "नुर"को, फुर्सद छ भने पढ्नुहोला !
फेसबुक नेपाल दर्पण बाट साभार गरिएको होसाउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ । म अफिस भित्रैको एउटा क्याबिनमा कम्युटरमा ब्यस्त रहन्थे । तर आज अचानक पत्रिका परेको नजरले अचम्मै बनायो । हुन त मलाइ पनि कहाँ अरबी पढ्न आउथ्यो र ? राजको मोबाइलमा देखेको फोटो को कारणले चिनेको मात्रै हो । मैले प्रतक्ष्य देखेको भने थिइन ? कालो बुर्का { साउदीमा महिलाले लगाउने कालो लुगा } लगाएर यात्रारत हुन्छन् यिनीहरु । रुखले त बरु आफ्नो पात बोक्राले ढाक्दैन तर उनीहरुको शरीरको कुनै ठाँउ पनि ढाक्न बाँकी राख्दैनन् ।राजलाइ झुन्ड्याएर मारिएको महिना दिन नहुँदै नुरको आत्महत्याले म मात्र होइन नुरका परिवार पनि अचम्मित भए होलान् ।
Tuesday, February 14, 2012
Tuesday, January 31, 2012
Sunday, January 29, 2012
Friday, January 27, 2012
गजलको परिचय र संरचना ( एक छोटो जानकारी )
ईश्वर दाहाल कविजी
नबोदित मोबाइल पुस्ताकलय दोहा कतारले, कतारको ढाका रेस्टुरेन्टमा मोतीराम भट्टको १४५ औं जन्मदिनको अबसरमा कतारमा रहेर साहित्य लेखनमा कलम चलाउनु हुने एक बरिस्ठ सर्जक ईश्वर दाहाल कबि जी ले तयार पर्नु भएको गजलको एक संक्षिप्त रुप, नियम परिचय ईत्यादी ............
साहित्यका अरु विधा जस्तै गजल पनि परापूर्वकाल देखि नै चल्दै आएको विधा हो । गजलको उद्गम स्थल अरबलाई मानिन्छ । अरबी भाषामा ग को अर्थ वाणी, ज को अर्थ नारी र अल को अर्थ को वा सँग हुन्छ । गजल नामाकरण कसरी गरियो यसको एउटै उत्तर भेटिदैन तर पनि अर्थ भने प्राय सबैले एकै किसिमको गरेका छन् । गजलको शाब्दिक अर्थ प्रेमिकासँगको कुराकानी, स्त्रीको वाणी, प्रेमिकाका विषयमा कुराकानी, प्रणयवार्ता, यौवना नारीको वर्णन गर्नु, प्रेमको भावना व्यक्त गर्नु आदि हुन्छ । फारसी भाषामा गजलको अर्थ हुन्छ नारीका कुरा । केही विद्वानहरुको तर्किक मान्यता के छ भने गजल फारसी शब्द हो, जसको तात्पर्य हुन्छ प्रणय प्रधान गीत । वास्तवमा गजलको खास अर्थ नै प्रेम हो भन्ने तर्क प्राय सबै विद्वानहरुले राखेका छन ।
नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली शब्दकोशका अनुसार प्रेमका विषयमा शृङ्गार रसका कविता लेखिने एक प्रकारको फारसी वा त्यसै छन्दमा लेखिएको कविता नै गजल हो । उर्दू हिन्दी शब्दकोशका अनुसार प्रेमिकासँग कुराकानी भन्ने अर्थ दिएका छन् । धेरै विद्धानहरुले आफ्नै किसिमले गजलको परिभाषा दिएका भए पनि निष्कर्षमा गजल भनेको प्रेमलाई समेटेर निश्चित लय र तालमा लेखिने काव्य हो भन्ने बुझ्न् सकिन्छ ।
आज आएर गजल हामी सबैसँग भिजिसकेको विधा हो । वास्तवमा गजल कस्तो हुनुपर्दछ यसमा विद्वानहरुको आ—आफ्नै मान्यता भए पनि साझा मान्यताका रुपमा निम्नकुराहरु अगाडि सारेका छन् । गजल सुकोमल शब्द र ह्दयस्पर्शी भावहरुको अभिव्यक्ति हो । गजलमा थोरै शब्दबाट धेरै, सुक्ष्म तथा गहन विषयवस्तुको प्रस्तुतीकरण हुनु पर्दछ । गजलको एउटै शेर पनि गद्यविधाका कयौ आलेखहरु भन्दा प्रभावकारी हुनु नै यसको विशेषता हो । गजलमा श्रृतिकटु, अश्लिल, दुरुह, क्लिष्ट, अभद्र र अपमान तथा अनादारवाची शब्दहरु मान्य हुँदैनन् । गजलमा गाली पनि मिठो शब्दले गर्न जान्नु पर्दछ । गजल लयवद्ध हुनुपर्दछ र संगीत नै यसको विशेषता हो । प्रत्येक शेरहरु कलापक्षका दृष्टिले पूर्णत स्वतन्त्र र स्वायत्त हुन्छन् साथै गजलमा शिर्षक हुनु हुँदैन शिर्षक राखिन्छ भने त्यो कविता या गीत मात्र बन्दछ गजल हुन सक्दैन । शब्दको कोमलता र अर्थको रोचकतापूर्ण प्रवणशीलता तथा विचित्रता गजलका विशेषता हुन ।
Tuesday, January 17, 2012
गजल
बोटलको जीन्दगी झैँ, बाँच्नुको के मज्जा भो !
फुटी झरी जाने माया, गाँस्नुको के मज्जा भो !!
बिना तिम्रो कल्पना त, दिन रात एकै भनी
मुटु चुडी लाने माया, साँच्नुको के मज्जा भो !!
गजल
एउटा झर्ने अर्को चच्ढ्ने, कालो राजनीति हट्छ कहिले !
छोई सक्नु छैन केही, महङ्गी चाँही घट्छ कहिले !!
बेरोजगारले शिर चुल्यो, युवाहरु मुगलान पसे
हलो जोत्त्ने बृद्धा बा को, मुहार चाँही पढ्छ कहिले !!
छोई सक्नु छैन केही, महङ्गी चाँही घट्छ कहिले !!
बेरोजगारले शिर चुल्यो, युवाहरु मुगलान पसे
हलो जोत्त्ने बृद्धा बा को, मुहार चाँही पढ्छ कहिले !!
गजल
जिताई मलाई, हार्नु थ्यो तिमीलाई !
मायाको जालमा, पार्नु थ्यो तिमीलाई !!
पारेर प्रेममा, मदहोसी गराई
जिउदै जलाई, मार्नु थ्यो तिमीलाई !!
मायाको जालमा, पार्नु थ्यो तिमीलाई !!
पारेर प्रेममा, मदहोसी गराई
जिउदै जलाई, मार्नु थ्यो तिमीलाई !!
गजल
तिहार बिशेष
हाँसो छैन खुशी छैन, पराई भा'को छैन बैनी !
घर फर्की आउने मैले, छुट्टी पा'को छैन बैनी !!
हाँसो छैन खुशी छैन, पराई भा'को छैन बैनी !
घर फर्की आउने मैले, छुट्टी पा'को छैन बैनी !!
गजल
बिगतका पानाहरु :-
च्यातिएको डायरीबाट
जिन्दगीको एउटा कथा, लेख्दै थिए आज !
हर अक्षरमा उनैलाई, देख्दै थिए आज !!
च्यातिएको डायरीबाट
जिन्दगीको एउटा कथा, लेख्दै थिए आज !
हर अक्षरमा उनैलाई, देख्दै थिए आज !!
गजल
एउटा दुखको क्षण......
रुवाएर सबैलाई, बाटो मोड्यो प्रदेशमा !
आज एउटा नेपालीले, सास छोड्यो प्रदेशमा !!
रुवाएर सबैलाई, बाटो मोड्यो प्रदेशमा !
आज एउटा नेपालीले, सास छोड्यो प्रदेशमा !!